चीनमा सन् २०२१ को अन्त्यसम्म फाइभजी सेवाका ग्राहक ७३ करोड

  • Technology Khabar | ८ माघ २०७८, शनिबार
चीनमा सन् २०२१ को अन्त्यसम्म फाइभजी सेवाका ग्राहक ७३ करोड

काठमाडौं ।

छिमेकी देश चीन फाइभजी प्रयोग र बिस्तारको क्रममा अग्रस्थान मध्ये एक रहेको छ। चीनको टेलिकम अपरेटर चाइना टेलिकमले डिसेम्बर २०२१ मा चीनमा मोबाइल ग्राहकहरूको वृद्धिको नेतृत्व गरेको छ, जहाँ ४ लाख ९० हजारको स्पष्ट वृद्धि भएको छ। कम्पनीले महिनाको अन्त्यमा कुल ३७ करोड २४ लाख ३० हजार ग्राहक पुर्याएको छ।

चीनमा सबैभन्दा ठूलो ५जी अपरेटर चाइना मोबाइलले सो महिनामा मात्रै १ लाख ९ हजार ग्राहकहरू मात्र थपेको छ। तर कम्पनी कुल ९५ करोड ६८ लाख ९० हजार मोबाइल ग्राहकहरूका साथमा स्थानीय बजारमा सबैभन्दा ठूलो मोबाइल अपरेटर बनेको छ।

चाइना युनिकमसँग भने डिसेम्बर महिना कुल ३१ करोड ७१ लाख १० हजार मोबाइल ग्राहकहरूको साथ समाप्त भयो र यो संख्या नोभेम्बरको तुलनामा २ लाख २५ हजारले घटेको देखिएको छ।

चाइना मोबाइलले सन् २०२१ मा ५जी ग्राहकहरूमा सबैभन्दा ठूलो लाभ पाएको दाबी गरेको छ, डिसेम्बरमा लगभग १ करोड २५ लाखले बढेर ३८ करोड ६८ लाख ५जी ग्राहकहरू पुगेको छ।

चाइना टेलिकमले सो महिनामा ९० लाख भन्दा बढी फाइभजी प्रयोगकर्ताहरू थपेर कुल १८ करोड ७८ लाख पुर्याएको छ, र चाइना युनिकमले डिसेम्बरमा १५ करोड ४९ लाख २० हजार फाइभजी ग्राहकहरूको गणना गरेको छ, जुन अघिल्लो महिनाको तुलनामा ग्राहकहरु ५३ लाख ८० हजारले बढेका छन्।

वायरलाइन ब्रोडब्यान्ड बजारमा, चाइना मोबाइलले कुल २४ करोड १ लाखमा ४ लाख ५९ हजार ग्राहकहरू डिसेम्बरमा गुमाएको छ भने चाइना युनिकमले २ लाख १२ हजार नयाँ ग्राहकहरू बढाएर कुल ९ करोड ५० लाख ४ हजार ग्राहक पुर्यायो । अर्कोतर्फ चाइना टेलिकमले १०करोड ६६लाख ४० हजार ब्रोडब्यान्ड ग्राहकहरूको आधारमा डिसेम्बर २०२१ को अन्त्यमा १ लाख ६० हजार ग्राहकहरू गुमाएको छ।

प्रकाशित: ८ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...