
काठमाडौं ।
एरिक्शनले फाइभजी पेटेन्टको लाइसेन्स सम्बन्धमा एप्पलमाथि मुद्दा हलेको भोलिपल्ट एप्पलले पनि एरिक्शनविरुद्ध मुद्दा दायर गरेको छ।
एप्पलले भने उजुरीमा अमेरिकामा एरिक्शनका मोबाइल बीटीएस तथा फाइभजी उपकरण निर्यात गर्नमै प्रतिबन्ध लगाउनुपर्ने माग गरेको छ।
एप्पलले आफ्नो उजुरी अमेरिकाको आईटीसी अर्थत् इन्टरनेशनल ट्रेड कमिशनमा दर्ता गरेको हो।
यी दुई कम्पनीबीच एप्पलले आईफोनमा एरिक्शनको एलटीई पेटेन्ट प्रयोग गर्न थालेदेखि नै चलिरहेको छ।
एक पटक गरिएको सम्झोता सकिएको र नयाँ सम्झोता हुन नसकेपछि हाल एप्पलले बिना लाइसेन्स नै आफ्नो फाइभजी प्रविधि प्रयोग गरिरहेको एरिक्शनको आरोप छ।
एप्पलले हाल आफ्नो एमएमवेभ पेटेन्टको उल्लङ्घन गरेको भन्दै आईटीसीसमक्ष एरिक्शनको मोबाइल नेटवर्क पूर्वाधारसम्बन्धी सम्पूर्ण निर्यातमाथि प्रतिबन्ध लगाउने माग गरेको छ।
एप्पलले हाल विवादमा रहेको पेटेन्टको लाइसेन्स शुल्क सुपथ हुनुपर्ने माग गरेको छ भने एरिक्शनले भने प्रति पेटेन्ट ५ हजार डलर बताएको छ। एप्पलले यदि एरिक्शनले आफूमाथिको मुद्दा फिर्ता लिए आफू पनि त्यसै गर्न तयार रहेको पनि बताएको छ।
प्रकाशित: ८ माघ २०७८, शनिबार