ह्वावेको वाच डी डिसेम्बर २३ मा मेट भी सँगै आउन सक्ने

  • Technology Khabar | २६ मंसिर २०७८, आईतवार
ह्वावेको वाच डी डिसेम्बर २३ मा मेट भी सँगै आउन सक्ने

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले आफ्न आउँदै गरेको वाच डी स्मार्टवाच आगामी डिसेम्बर २३ मा सार्वजनिक गर्न सक्ने बुझिएको छ।

डिसेम्बर २३ ह्वावेकै मेट भी नामक फ्लिफ फोन घोषणा गर्ने मिति पनि रहेको छ। केही समयअघि ह्वावेले मेट भी डिसेम्बर २३ मा सार्वजनिक गर्ने खबर आएकामा त्यो लगभग पक्काजस्तै भएको छ।

हाल चलेको यो नयाँ हल्लाले वाच डी सार्वजनिक हुने मिति मेट भीसँग मिल्ने मात्र नभइ यसमा ब्लड प्रेसर मनिटर रहने कुरालाई पनि पुष्टि गरेको छ। हालै लीक भएका विवरण अनुसार ह्वावेको वाच डी एउटा अत्याधुनिक फिटनेश ट्र्याकरका रुपमा रहने खुलासा गरेका छन।

भोतिक रुपमा यसको आकार आयताकार हुने तथा दायाँपट्टि दुई ओटा नेभिगेशन बटन रहनेछन्।

तर डिसेम्बर २३ उक्त वाच चीनमा सार्वजनिक हुने मिति मात्र रहेको र चीन बाहिर वैश्विक रुपमा यो डिभाइस आउँछ आउँदैन र आएमा कहिलेसम्म आउँछ भन्ने बारेमा कुनै जानकारी बाहिर आएको छैन।

प्रकाशित: २६ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार