एप्पलले आईफोन १२ वा आईफोन १२ मिनी किन्दा भारतमा नि:शुल्क एयरपड्स दिने

  • Technology Khabar | १५ आश्विन २०७८, शुक्रबार
एप्पलले आईफोन १२ वा आईफोन १२ मिनी किन्दा भारतमा नि:शुल्क एयरपड्स दिने

काठमाडौं ।

चाडपर्वको सिजन अगाडी छिमेकी देश भारतमा एप्पलले आईफोन १२ र आईफोन १२ मिनी किन्नेहरुका लागि विशेष अफर ल्याएको छ। भारतमा क्रेताहरुले यी दुई फोन मध्ये एकको खरीदमा निशुल्क एयरपड्स पाउनेछन्।

यो अफर अक्टुबर ७ मा प्रत्यक्ष शुरु हुनेछ र नोभेम्बर ४ सम्म वा स्टक भएसम्म रहने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। यसरी एप्पलले अन्य बजारहरुमा बण्डलिङ्ग गरेर आईफोन बिक्री गर्दैन तर विश्वको दोस्रो ठूलो स्मार्टफोन बजारमा ग्राहकहरुलाई आईफोन प्रति आकर्षित गर्न सो अफर ल्याएको बताईएको छ।

त्यहाँ सम्भवतः आईफोन १२ र आईफोन १२ मिनीको सीमित स्टकमा मात्र यो अफर जोडिएको छ, त्यसैले क्रेताहरुलाई अफर शुरु हुने पहिलो दिनमा फोन किन्न सुझाब दिईएको छ।

एप्पलले आफ्नो भारत स्टोर पेजमा उत्सव अफरको विवरण प्रकाशित गरेको छ। अफरको एक भागको रूपमा, भारतमा ग्राहकहरुलाई आईफोन १२ वा आईफोन १२ मिनीको खरीद मा नि: शुल्क चार्जिंग केसका साथै फ्रि स्ट्याण्डर्ड एयरपड्स प्राप्त हुनेछ।

एयरपड्सको भारतीय बजारमा भारु १४,९०० तोकिएको छ, जसको अर्थ प्रयोगकर्ताहरुले यो अफरमा धेरै रकमको लाभ उठाउन सक्नेछन्। यो अफर एप्पल इन्डिया स्टोरमा मात्र लागू हुने बताईएको छ।

भारतमा आईफोन १२ को शुरु मूल्य ६५,९०० भारु देखि शुरु हुन्छ। एजेन्सीहरु

प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार