भीभो स्मार्टफोन खरीद गर्ने ग्राहकहरुलाई आकर्षक उपहार जित्ने अवसर

  • Technology Khabar | १५ आश्विन २०७८, शुक्रबार

काठमाडौं ।

विश्व प्रसिद्ध स्मार्टफोन उत्पादक कम्पनी भीभोले दशैंको उपलक्ष्यमा भीभो लक्की ड्र अभियान आयोजना गरी प्रत्येक भीभो स्मार्टफोन खरीद गर्ने ग्राहकहरुलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गरेको छ। अक्टोबर १ तारिखदेखि नोभेम्बर १५ सम्म भीभो स्मार्ट फोन खरीद गर्ने ग्राहकले यो अभियानमा सहभागिता गर्ने मौका पाउने छ।

भीभो स्मार्टफोन कुनै पनि भीभोको विशेष स्टोर वा आधिकारिक खुद्रा विक्रेता पसलबाट खरीद गर्न सकिने कम्पनीले उल्लेख गरेको छ।

दशैं भीभो लक्की ड्रमा सहभागी भाग्यशाली ग्राहकहरुले उपयोगी एवं आकर्षक उपभोग्य सामग्री जस्तै एलजीका होम अप्लाएन्सेज, ल्यापटप, भीभो भी २१ ई स्मार्टफोन, एंकर गेमिङ्ग हेडफोन, ब्लुटुथ स्पीकर, इयरवड्स र अन्य थुप्रै उपहार प्राप्त गर्न सक्नेछन्।

भीभो नेपालका प्रमुख कार्यकारी अधिकृतले ग्राहकहरुबाट पाएको माया प्रति हामी अत्यन्त आभारी छौँ र नेपाली जनतालाई थप अन्य आकर्षक उत्पादन प्रदान गर्न निरन्तर प्रतिबद्ध भएको बताए । उनले भने, ‘गत वर्ष हामीले ग्राहकहरुका लागि आकर्षक उपहारहरु पाउने अवसर दिएका थियौँ भने यस वर्ष अझ बढी र गुणस्तरीय उपहार प्रदान गर्ने अभिलाषासहित यो लक्की ड्र अभियान प्रस्तुत गरेका छौँ ।’

निर्धारित योजना अवधिभर भीभोका उत्पादन खरीद गर्ने ग्राहकले यसमा सहभागिता गर्न सक्नेछन्। यसका लागि भीभोको वेभसाइटमा लग इन गरी वा उपलब्ध गराइएको क्यूआर कोड स्क्यानिङ्ग गरी आफूलाई सहभागी गराउनुपर्नेछ।

विजयीहरुको घोषणा लक्की ड्रमार्फत तुरुन्तै गरिने र उनीहरुको उपहार भीभो मार्फत जानकारी गराइनेछ। पुर्ण जानकारी भीभोको वेभसाइटमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार