चिप अभावका कारण बेलायतका कार निर्माण उद्योगको उत्पादनमा उल्लेख्य गिरावट

  • Technology Khabar | १५ आश्विन २०७८, शुक्रबार
चिप अभावका कारण बेलायतका कार निर्माण उद्योगको उत्पादनमा उल्लेख्य गिरावट

काठमाडौं ।

चिप अभावका कारण बेलायती कार उद्योगको उत्पादन अगस्टमा लगातार दोस्रो महिना पनि ओरालो लागेको छ।

बेलायती उद्योगमा बनेका कारहरुको सङ्ख्या वार्षिक रुपमा २७ प्रतिशतले गिरावट आएर अगस्टमा ३७ हजार २ सयमा झरेको छ। यो जानकारी सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर एन्ड ट्रेडर्स एसएमटीटी नामको संस्थाले दिएको हो।

यो आँकडा सन् २०२० को सोही अवधिमा ५१ हजार रहेको थियो। त्यतिबेला कार उत्पादकहरु अघिल्लो लकडाउनमा भएको घाटा उठाउने हिसाबले लागिपरेका थिए।

लकडाउन खुलेपछि बेलायत तथा बाहिरको माग लगभग पूरा भएको थियो तर यसबाट भएको घाटा भने कम्पनीहरुले उठाउन सकेका थिएनन्।

कम्प्युटर चिपहरु कारका सिस्टम कन्ट्रोल, विन्डस्क्रीन, इन्टरटेन्मेन्ट सिस्टम तथा विद्युतीय कारका ब्याट्रीमा लाग्ने भएकाले यसको अभावले कम्पनीहरु अप्ठेरोमा परेका हुन्।

एसएमएमटीले यो चिप अभावका कारण बेलायतको कुल कार उत्पादनमा यो वर्ष १ लाख ओटा कटाैती भएको अनुमान गरेको छ। यति परिमाणमा कम कार उत्पादन हुनुले समग्र कार उद्योगदलाई नराम्ररी प्रभावित पारेको उसको भनाइ छ।

यो वर्ष हालसम्म सन् २०२० को भन्दा १४ प्रतिशतमात्र बढी कार उत्पादन भएका छन्। यो नतिजा सन् २०१९ को तुलनामा ३२ प्रतिशतले कम हो।

प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...