
काठमाडौं ।
चिनियाँ प्रविधि कम्पनी शाओमीले आफ्नो पहिलो फोरके ओएलईडी डिस्प्लेयुक्त स्मार्टफोन सार्वजनिक गर्ने भएको छ।
हालै टीनामा सूचीकृत भएको शाओमी २१०९११९बीसी कोडनेम मार्फत् यो डिभाइसमा ६.५ इन्चको ओएलईडी डिस्प्ले रहने बुझिएको हो। उक्त डिस्प्लेको रेजोल्युशन ३८४०x२१६० पिक्सेल रहने टीनाको सूचीमा उल्लेख छ।
यो स्मार्टफोनमा अक्टाकोर चिपसेट रहने तथा १२ जीबी र्याम र ५१२ जीबी आन्तरिक स्टोरेज दिइने बुझिएको छ। यस्तै चिपसेटका हिसाबले क्वालकम स्न्यापड्रागन ७७८जी वा ७८०जी मध्ये एउटा हुनसक्ने आकलन गरिएको छ।
सूचीका अनुसार उक्त डिभाइसमा ६४ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहनेछ।
अझ चाखलाग्दो कुरा एन्ड्रोइड ११ मा आधारित एमआईयूआई १२.५ रहने उक्त फोन विभिन्न १० रंगमा उपलब्ध हुनेछ।
प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार