
काठमाडौं ।
यो वर्षको पहिलो ६ महिनामा मोबाइल गेमिङ उद्योगमा उल्लेख्य वृद्धि भएको देखिएको छ।
मोबाइल डाटा विश्लेषण गर्ने कम्पनी एप एनीका अनुसार गेमिङ उद्योगको आम्दानी यो अवधिमा १०० खर्ब डलर रहेको छ।
एप एनीको टियर डाउन रिपोर्ट अनुसार सन् २०२० मा कोराना महामारीका बावजूद गेमलाई निकै रुचाएर अगाडि बढिरहेका छन्। रिपोर्टले भारत विश्वमै गेमिङमा सर्वाधिक समय खर्च गर्नेमा पर्दछ।
भारतमा यो वर्षको पहिलो ६ महिनामा एन्ड्रोइड तथा आईओएस यूजरहरुले सर्वाधिक प्रयोग गरेका उत्कृष्ट १० मोबाइल गेम यसप्रकार छन्:
१. पब्जी मोबाइल
यो गेम ब्याटल रोयल मोडमा १०० जनाले एकैपटक खेल्न सक्छन्। यसमा ४ भर्सेस ४ टीम डेथम्याच, जम्बी लगायतका थुप्रै मोड उपलब्ध छ।
२. अनर अफ किङ्स
इन्टरनेशनल भर्सनमा यो गेमलाई अरिना अफ भेलर भनिन्छ। यसलाई एउटा मल्टिप्लेयर अनलाइन ब्याटल अरिना (मोबा) गेमको रुपमा चिनिन्छ।
३. अमङ अस
अमङ असलाई इनरस्लोथ कम्पनीले बनाएको हो। यसमा ४ देखि १० खेलाडीले खेल्न सक्छन्। गेममा स्पेसशिपमा यात्रा गर्ने सेटअप रहेको छ। यसमा यात्राका क्रममा १० जना क्रू मेम्बर कुनै जालमा फस्छन्।
४. क्यान्डी क्रश सागा
यो एपमा लागि यूजर्सले क्यान्डीहरुलाई स्विच र मैच गर्नुपर्छ। यसलाई एक्लै वा मल्टिप्लेयर पनि खेल्न सकिन्छ।
५. रोबोक्स
यो गेमले पुरै क्रस-प्लेटफर्म सपोर्टसहित आउँछ र यूजरलाई कम्प्युटर, मोबाइल डिभाइस, एक्सबक्स वन या भीआर हेडसेटमार्फत् खेल्न सकिन्छ।
६. फ्री फायर
मोबाइल यो सर्भाइभल शूटर गेम २० मिनेटको गेम प्लेसहित आउँछ।
७. लूडो किङ
यो क्लासिक बोर्ड गेमलाई ४ जनाले एकैपटक सहज रुपमा खेल्न सक्छन्। यो गेम भिडियो च्याट सपोर्टसहित आउँछ।
८. गेम फर पिस
गेम फर पिस च्चित ब्याटल रोयल गेम पब्जीको चिनियाँ भर्सन हो। यो अनिवार्य रूपमा खेलाड़ीजस्तै केही परिवर्तनसहितको एउटा अप्शनल भर्सन हो।
९. माइनक्राफ्ट पकेट एडिशन
यो मल्टिप्लेयर गेममा यूजरले क्रस प्लेटफर्ममा बढीमा १० जना साथी बनउन सक्छन्। यसमा यूजरलाई घरदेखि लिएर महलसम्म बनाउने पर्मिशन दिइन्छ।
१०. कल अफ ड्यूटी: मोबाइल
यो एप १०० प्लेयर ब्याटल रोयल ब्याटलग्राउन्ड तथा ५ भर्सेस ५ टिम डेथम्याचको सपोर्टसहित आउँछ।
एजेन्सीको साथमा
प्रकाशित: ३ भाद्र २०७८, बिहीबार