अमेरिकी प्रतिबन्धका बावजूद स्मार्टफोन क्षेत्रको चुलीमा आउने ह्वावेको वाचा

  • Technology Khabar | ३ भाद्र २०७८, बिहीबार
अमेरिकी प्रतिबन्धका बावजूद स्मार्टफोन क्षेत्रको चुलीमा आउने ह्वावेको वाचा

काठमाडौं ।

ह्वावेका एक कार्यकारीले आफूहरु अमेरिकाको प्रतिबन्धका कारण व्यापार खस्किए पनि स्मार्टफोन उद्योगको शीर्षस्थानमा आउने बताएका छन्।

 अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले ह्वावेलाई राष्ट्रिय सुरक्षामाथिको खतरा बताउँदै निर्यातको कालोसूचीमा राखेर उसको स्मार्टफोनलाई चाहिने अत्याधुनिक सेमिकन्डक्टरलगायतका मुख्य प्रविधिहरु कटोती गरेको थियो।

ह्वावेको कन्जुमर डिभिजन सन् २०२१ को अघिल्लो ६ महिनामा वार्षिक हिसाबले ४७ प्रतिशतले खस्किएको थियो। कम्पनी कुनै बेला स्मार्टफोन बजारमा १ नम्बरमा रहेको थियो। तर अमेरिकी प्रतिबन्ध यता उत्कृष्ट ५ बाट पनि बाहिरिएको छ।

‘यतिबेला हामीलाई सबैभन्दा अप्ठेरो भनेको मोबाइल क्षेत्रमा हो। सानो साइज र कम ब्याट्री खाने फोन उत्पादन गर्न अत्याधुनिक प्रविधि चाहिन्छ भन्ने हामीलाई थाहा छ। ह्वावेले डिजाइन गर्न सक्छ तर हाल कसैले पनि उत्पादनमा हामीलाई सहयोग गर्न सक्दैन। हामी अड्किएका छै,’ ह्वावेका अध्यक्ष गुओ पिङले आफ्ना कर्मचारीसँगको प्रश्नोत्तरका क्रममा बताएको सीएनबीसीले लेखेको छ।

ह्वावेको सबैभन्दा ठूलो समस्या भनेको यसका स्मार्टफोनलाई आवश्यक पर्ने अत्याधुनिक प्रविधिको सेमिकन्डक्टर चीनमा रहेका कुनै चिप निर्मातासँग उपलब्ध नहुनु हो।

गुओले भने, ‘तर ह्वावेले स्मार्टफोन व्यवसाय छोड्दैन। बरु उसले आफ्ना प्रविधि सुधारका लागि साझेदारहरुसँग काम गर्छ जसमार्फत् उसले चीनमा बनेका सिलिकनमा पहुँच राख्न सक्नेछ।’

प्रकाशित: ३ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार