अनलाइन कक्षालाई उपयुक्त हुने सिम्फोनी ब्राण्डका स्मार्टफोनहरु सूपथ मूल्यमा

  • Technology Khabar | २९ असार २०७८, मंगलवार
अनलाइन कक्षालाई उपयुक्त हुने सिम्फोनी ब्राण्डका स्मार्टफोनहरु सूपथ मूल्यमा

काठमाडौं ।

बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनीले नेपाली बजारमा आफ्नो उपस्थिती बलियो पार्दै थप नयाँ मोडलहरु ल्याएको छ । कम्पनीले अनलाइन कक्षाहरुका लागि ध्यानमा राखेर सूपथ मूल्यमा उच्चस्तरका फोनहरु बजारमा ल्याएको हो ।

बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोनहरु सिम्फोटेक प्रालिले नेपाली बजारमा उपलब्ध गराएको हो ।

सिम्फोनी ब्राण्डका छ स्मार्टफोन मोडलहरु कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको मा अब भने थप नयाँ मोडलहरु पनि आएका छन् । कम्पनीले सिम्फोनी जेड १८ (Z-18), जेड २८(Z-28), जेड ३२(Z-32), जेड ३० प्रो(Z-30 Pro) र जेड ४० (Z-40)  स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीले नेपाल मा भित्र्याएको सिम्फोनी ब्राण्डका फोनहरु अन्तर्राष्ट्रिय गुणस्तर र नविनतम प्रविधि, आधुनिक र युवा मैत्री डिजाइनका साथै अहिलेको अवस्थामा अनलाइन कक्षा का लागि उपयुक्त विशेषताहरु सहितका रहेका छन् ।

यी फोनहरु बजेट मूल्यमा अनलाइन कक्षाको लागी उत्कृष्ट फिचर र आकर्षक डिजाइनसहित आएका छन् । जसमा फोटोग्राफीको लागि ड्यूल र ट्रिपल क्यामरा सेटअप रहेको छ । कम्पनीका सेल्स म्यानेजर र मार्केटिंग म्यानेजरद्धय राजेश चालिसे तथा गोबिन्द बस्यालले नेपाली बजारमा सिम्फोनी ब्राण्डका उत्कृष्ट मोबाइल फोनहरु ग्राहकहरुलाई सूपथ मूल्यमा उपलब्ध गराईने बताए ।

‘हामीले बंगलादेशको नम्बर १ ब्राण्डको मोबाइल फोन नेपाली बजारमा ल्याएका छौं । यो ब्राण्डका फोनहरुमा प्रिमियम फिचर राखिएको हुँदा ग्राहकहरुले रुचाएका छन् भने अहिलेको युवा पुस्तालाई आकर्षित गर्ने किसिमको रहेको छ । हामीले यी फोनहरु अविश्वनिय मूल्यमा उपलब्ध गराउने छौं,’ सेल्स म्यानेजर र मार्केटिंग म्यानेजरद्धय चालिसे तथा बस्यालले भने।

उनीहरुले सिम्फोनीका मोबाइलहरुमा बिक्रीपछिको सेवा अर्थात आफ्टर सेल्स सर्भिसलाई समेत उच्च प्राथमिकतामा राखिएको र ग्राहकहरुलाई पुर्ण सेवा दिन तयार रहेको बताए ।

यसका साथ ग्राहकले कम्पनीबाट मोबाइल सेटमा एक बर्षे वारेन्टी अनि ब्याट्री र चार्जरमा पनि एक बर्षे वारेन्टी पाउनेछन्।

हाल सार्वजनिक गरिएको सिम्फोनी जेड ४० (४/६४) र जेड ३० प्रो (४/६४) को बजार मूल्य रु. १६,४९९/–, सिम्फोनी जेड ३२(३/३२) र जेड २८(३/३२) को बजार मूल्य क्रमशः रु १३,४९९ र १२,९९९ तोकिएको छ । त्यसैगरि जेड१८ (२/३२) को बजार मूल्य रु. ११,७९९/- तोकिएको छ।

सिम्फोनी ब्राण्डका यी सबै फोनहरु नेपालभर उपलब्ध रहेका छन् ।

आगामी दिनमा कम्पनीले सिम्फोनी ब्राण्डका फिचर फोनहरुका साथै थप मोडलहरु भित्र्याउने तयारी समेत गरेको जनाएको छ।

प्रकाशित: २९ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...