अमेजनले डेढ लाख रुपैयाँ पर्ने एयर कन्डिशनर झुक्किएर साढे ९ हजारमा बेचेपछि…

  • Technology Khabar | २३ असार २०७८, बुधबार
अमेजनले डेढ लाख रुपैयाँ पर्ने एयर कन्डिशनर झुक्किएर साढे ९ हजारमा बेचेपछि…

काठमाडौं ।

अमेजनले आफ्नो ई-कमर्स वेबसाइटमा गएको सोमवार अर्थात्  जुलाइ ५ तारिखमा सामान बेच्ने क्रममा एउटा ठूलो गल्ती गर्यो।

कम्पनीले लगभग डेढ १ लाख नेपाली रुपैयाँ पर्ने तोशिबाको  एयर कन्डिशनर जम्मा साढे ९ हजार नेपाली रुपैयाँमा बिक्री सूचीमा राख्यो।

कम्पनीले आफ्नो गल्ती थाहा पाएर त्यसलाई सच्याउन्जेलसम्ममा उक्त एसी बिक्री भइसकेको थियो।

उक्त सामान त्यही दिन मात्रै बिक्री सूचीमा राखिएको र यसका लागि मासिक ३५० रुपैयाँको किस्ताबन्भदी सुविधा पनि उपलब्ध गराइएको थियो।

तोशिबाको यो १.८ क्षमताको एसी ५-स्टार इन्भर्टर सहित अफरमा राखिएको थियो।

कम्पनीले यसको मूल्य १ लाख ५४ हजार ७२० को ९४ प्रतिशतले हुने आउने ९ हजार ४४० रुपैयाँबिक्री सूचीमा राखेको थियो।

अमेजनको सूचीमा यसको मूल्यमा जम्मा १ लाख ४५ हजार २८०को छुट देखाइएको थियो। यसैबीच थुप्रै ग्राहकले गल्ती भएको थाहा पाएर तुरुन्तै खरिद गरिहाले।

गल्ती सुधारेर फेरि सूचीबद्ध गरियो
अमेजनले पछि त्यही एसीको मूल्य सुधारेर ९५ हजार १८४ रुपैयाँमा बिक्रीमा राख्यो भने ४ हजार ४८० रुपैयाँ दरको किस्ताबन्दी पनि उपलब्ध गरायो।

२०१९ मा पनि लाखको क्यामरा ६ हजार ५०० मा बेचिएको थियो

प्राइम डे २०१९ का बीच अमेजनले ९ लाख भारु मूल्यको क्यामरा गियर ६ हजार ५ सयमै बेचेको थियो। अमेजनको यो गल्ती थाहा पाउनेबित्तिकै क्यामरासम्बन्धी सामान किन्नेको ओइरो लाग्यो।

सोनी, फुजीफिल्म और क्याननसहित थुप्रै हाई-इन्ड कैमरा ब्रान्डोका यी गियरहरु एकैछिनमा थुप्रै बिक्री भए।

प्रकाशित: २३ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार