Apple

म्याकबुक प्रो मा एम१एक्स चिपसेट रहने, नयाँ म्याकबुक एयर एम२ चिपसहित २२ मा आउने

म्याकबुक प्रो मा एम१एक्स चिपसेट रहने, नयाँ म्याकबुक एयर एम२ चिपसहित २२ मा आउने
Global IME Bank

एप्पलले नयाँ म्याकबुक प्रो यसै वर्षको अन्त्यतिर एम१एक्स चिपसेटसहित सार्वजनिक गर्ने भएको छ।

यसैगरी कम्पनीले आउँदो वर्ष म्याकबुक एयर नयाँ डिजाइन र एम२ चिपसेटसहित ल्याउने योजना बनाएको छ।

एम१एक्स टीएसएमसीको ५ एनएम प्रोसेसमा बनेको चिप हो जुन हालै प्रयोगमा आइरहेको एम१ चिप बनाउने ५एनएम नोडको अझ सुधारिएङ्को भर्सन हो।

उक्त चिपले एम१ र ए१४ मा रहेका फायरस्टर्म र आइसस्टर्मनामका कोर आर्किटेक्चर प्रयोग गर्ने बुझिएको छ।

@Dylandkt नामका टिप्स्टरका अनुसार एम१एक्स मा ८ ओटा ठूला र २ ओटा साना गरी १० कोरयुक्त सीपीयू रहनेछन्। जीपीयू पनि ८ कोरको रहने र यसलाई दोब्बर वा चोबर बनाउन सकिन्छ।

यही एम१एक्स चिप प्रयोग गरेर कम्पनीले नयाँ म्याक मिनी पनि ल्याउने बुझिएको छ।

तर एम२ सीपीयूमा भने ८ कोर रहने र नयाँ  नोड र आर्किटेक्चरमा जानसपर्ने बुझिएको छ। निक्केइ एसियाको यस अघिको रिपोर्टमा भने आगामी वर्ष आईप्याड प्रो मोडलका लागि एप्पलले ३ एनएम प्रोसेसमा बनेको चिप प्रयोग गर्ने दावी गरेको थियो।

Sajilo Visa
easy care