Vivo

भिभो फाइभजी स्मार्टफोन शिपमेन्टमा तेस्रो प्रमुख ब्राण्ड बन्न सफल

भिभो फाइभजी स्मार्टफोन शिपमेन्टमा तेस्रो प्रमुख ब्राण्ड बन्न सफल
Global IME Bank

भिभोले छोटो अवधिमै लगभग सबै सेगमेन्टमा आफ्नो छाप बनाएको छ। यसको अनुमान हालै आएको २०२१ को पहिलो त्रैमासिकको तथ्यबाट पनि गर्न सकिन्छ । जसअनुसार ग्लोबल टेक ब्रान्ड भिभो कम्पनी पहिलो त्रैमासिक विश्वमै दोस्रो सबैभन्दा द्रुत बृद्धि हुने ५जी स्मार्टफोन ब्राण्ड बनेको छ।

यसको क्वार्टर बिचको वृद्धि दर ६२ प्रतिशत रहेको छ जहाँ यसले १ करोड ९० लाख युनिटहरू शिपमेन्ट गरेको छ। स्ट्राटेजी एनालिटिक्सद्वारा गरिएको एउटा नयाँ अनुसन्धानका अनुसार चीन र युरोप भिभोको गढ बनेका छन्।

सो अवधिमा एप्पल क्वार्टरबिच २३ प्रतिशतको गिरावट देखिएको छ। तर अर्कोतर्फ यसैबीच ओपोले ५५ प्रतिशत, भिभोको ६२ प्रतिशत, र सामसङको ७९ प्रतिशत र शाओमीले ४१ प्रतिशतले बृद्धि अनुभव गरेको छ। यसै समयमा अन्य कम्पनीहरूको शिपमेन्ट २८ प्रतिशत घटेको छ। यस्तो अवस्थामा सामसङ र भिभोले सबैभन्दा धेरै वृद्धि देखेको छ।

भिभो ५जी विकासको क्षेत्रमा धेरै काम गरीरहेको छ र यस बारेमा निरन्तर केहि नयाँ विषय बाहिर ल्याईरहेको छ। ब्रान्डले ५जी मानक र कोर टेक्नोलोजीमा ठूलो प्रगति गरेको छ।

डाटालाई हेर्दा, २०२० को चौथो क्वाटरमा ग्लोबल ५जी स्मार्टफोन विक्रेताको शिपमेन्टको हिसाबले एप्पल ५ करोड २२ लाख युनिटको साथ शीर्ष स्थानमा थियो। यसै समयमा ओपोले १ करोड ९ लाख युनिट, भिभो १ करोड २० लाख युनिट, शाओमी १ करोड १८ लाख युनिट, सामसङ ९५ लाख युनिट, र बाँकी कम्पनीहरूले २ करोड ८७ लाख युनिट पठाएका छन्।

त्यहि समयमा, २०२१ को पहिलो क्वार्टरको बारेमा कुरा गर्दा यस समयमा एप्पल ४ करोड ४ लाख युनिटहरूको साथमा शीर्ष स्थानमा थियो। यसै समयमा ओपोले २ करोड १९ लाख युनिट, भिभोले १ करोड ९४ लाख युनिट, सामसङ १ करोड ७० लाख युनिट, शाओमीले १ करोड ६६ लाख युनिट र बाँकी कम्पनीहरूले २ करोड ८ लाख युनिट पठाएका थिए। एजेन्सीका साथ

Sajilo Visa
easy care