शाओमी एमआई ९ एसई ग्लोबलमा एन्ड्रोइड ११ तथा एमआईयूआई १२.५ स्टेबल अपडेट शुरु

  • Technology Khabar | २३ जेष्ठ २०७८, आईतवार
शाओमी एमआई ९ एसई ग्लोबलमा एन्ड्रोइड ११ तथा एमआईयूआई १२.५ स्टेबल अपडेट शुरु

काठमाडौं ।

शाओमीको एमआई ९ एसई स्मार्टफोनमा एन्ड्रोइड ११ तथा एमआईयूआई १२.५ स्टेबल भर्सन अपडेट हुने भएको छ।

 दुई वर्षअघि पहिलो पटक सार्वजनिक हुँदा यो डिभाइसमा एन्ड्रोइड ९ अपरेटिङ सिस्टम राखिएको थियो।

कम्पनीले आफ्ना पुराना स्मार्टफोनहरुमा पनि अपडेट उपलब्ध गराउने सिलसिलामा यो डिभाइसले पनि नयाँ अपरेटिङ सिस्टम र यूजर इन्टरफेसको अपडेट पाउने भएको हो।

सार्वजनिक हुने बेला यो डिभाइसमा एन्ड्रोइड १० सम्म अपडेट हुनसक्ने भनेर भनिए पनि अहिले एन्ड्रोइड ११ अपडेट उपलब्ध गराउन लागेको हो। यसले यसमा पहिलेदेखि नै रहेको एमआईयूआई लाई स्थायी बनाउने तथा एन्ड्रोइड ९ लाई एन्ड्रोइड ११ मा लैजाने भएको हो।

एन्ड्रोइड ११ मा आधारित एमआईयूआई केही समयअघि चिनियाँ यूजरहरुको लागि उपलब्ध गराइसकिएकोले ग्लोबल भर्सनमा पनि यसको उपलब्धता निश्चित छ। यो अपडेट चरणबद्ध रुपमा दिइने भएकाले केही क्षेत्रका डिभाइसमा भने ग्लोबर फर्मवयर भर्सन भी१२.५.१.०.आरएफबीएमआईएक्सएम अपडेट आउन केही दिन लाग्न सक्ने कम्पनीले जनाएको छ।  

यस अपडेटबाट यूआईमा कुनै उल्लेख्य परिवर्तन भने नआउने बुझिएको छ। नयाँ परिवर्तनमा वन टाइम पर्मिशन तथा च्याट बबलजस्ता एन्ड्रोइड ११ सँग सम्बन्धित फिचर रहन सक्ने आकलन गरिएको छ।

प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...