
काठमाडौं ।
भारतको इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले आईटी ऐन अन्तर्गत नयाँ नियमहरूको पालना नगरेकोमा ट्विटरलाई अन्तिम सूचना पठाएको छ।
यसभन्दा अघि मे २६ र २८ मा सरकारले ट्विटरलाई उही विषयमा नोटिस पठाएको थियो।
ट्विटरले यी नोटिसहरूका जवाफहरू पनि दिएको थियो तर मन्त्रालयले त्यसलाई सन्तोषजनक नभएको भनेको थियो।
अहिले जुन ५ मा पठाइएको नयाँ सूचनामा यस्तो लेखिएको छ, ‘इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालय निराश छ किनकी २८ मे र २ जूनको पत्रको मन्त्रालयलाई दिएको जवाफमा तपाईले न त मन्त्रालयले खोजेको स्पष्टीकरण दिनु भएको छ न त नियमहरू पालना गर्न प्रतिबद्धता नै देखाएको छ।’
‘तपाईंको जवाफबाट यो प्रस्ट हुन्छ कि नयाँ नियमको आधारमा ट्विटरले अनिवार्य मुख्य कम्प्लायन्स अफिसरको बारेमा कुनै जानकारी प्रदान गरेको छैन। साथै, तपाईंद्वारा नियुक्त गरिएको रेज़िडेन्ट ग्रीवेन्स अफ़िसर र नोडल कन्ट्याक्ट पर्सन भारतमा ट्विटरका कर्मचारीहरू होइनन्। तपाईले दिनु भएको कार्यालय ठेगाना पनि भारतीय कानूनी फर्मको हो। यो नियमको बिरूद्ध पनि हो।’
उक्त सूचनामा भनिएको थियो,’महत्वपूर्ण सामाजिक मिडिया संगठनहरूलाई लागू हुने नयाँ नियमहरू मे २६, २०२१ देखि लागू भए र उनीहरू लागू भएदेखि एक हप्ता बितिसकेको छ, तर ट्वीटरले यी नियमहरूको पालना गर्न इन्कार गरेको छ। ट्विटरले नियमहरू पालना नगरेमा परिणामहरू सामना गर्नुपर्नेछ।’
‘सूचनाका अनुसार यदि ट्विटरले यी नियमहरूको पालना गरेन भने आईटी ऐनको धारा ७९ को आधारमा मध्यवर्ती प्लेटफर्म हुने भएकोले यसमा दिईएको छुटलाई समाप्त गरिनेछ। यो नियमावली ७ मा पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ ।’
सो सूचनामा भारतले ट्विटरको अपरेशनको इतिहास पनि उल्लेख गरेको छ।
पछिल्लो दिनमा भारतमा सरकार र ट्विटरबीच श्रृंखलाबद्द बिवाद भईरहेको छ । एजेन्सीहरु
प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार