ट्विटरको सशुल्क सेवा ‘ट्विटर ब्लू’ शुरु, प्रति महिना २.९९ अमेरिकी डलर शुल्क

  • Technology Khabar | २१ जेष्ठ २०७८, शुक्रबार
ट्विटरको सशुल्क सेवा ‘ट्विटर ब्लू’ शुरु, प्रति महिना २.९९ अमेरिकी डलर शुल्क

काठमाडौं ।

ट्विटरले नयाँ सेवा ‘ट्विटर ब्लू’ सार्वजनिकरुपमा शुरु गरेको छ । ‘ट्विटर ब्लू’ इन एप पर्चेजको रूपमा सूचीबद्ध गरिएको हो ।

हाल यो सेवा अमेरिकामा मात्र उपलब्ध भएकोमा क्यानाडा र अस्ट्रेलियामा बिस्तार गरिने भएको छ ।  यसलाई प्रति महिना २.९९ अमेरिकी डलर सेवा शुल्कसहित शुरु गरिएको हो ।

यो सेवाले प्रयोगकर्ताहरूलाई ट्वीटहरू ‘अनडू’ गर्न अनुमति दिन सक्छ । यो सेवा उपलब्ध भएसँगै प्रयोगकर्ताहरुले ट्विटरको रंग आफूलाई मनपर्नेअनुसार परिवर्तनसमेत गर्न सक्नेछन् । जबकि यसको डिफल्ट कलर निलो हो । त्यसैगरि यसमा रिडर मोड समेत उपलब्ध हुनेछ ।

यसमा भएको ‘अनडू’ फिचरले तपाईँले लेखेका ट्विटरहरु पुन फिर्ता गर्न सकिनेछ ।

यसले पहिलेदेखि नै भुक्तान गर्ने ग्राहकहरुको लागी विशेष सुविधाहरुमा काम गरीरहेको बताएको थियो।
यसले आफ्नो राजस्व स्रोतलाई विविधता दिने योजना अघि घोषणा गरिसकेको छ।त्यसैगरि यसअन्तरगत ट्विटरहरुलाई मनपर्ने कलेक्सनमा मिलाउन सकिनेछ भने पढ्नको लागि रिड मोडलगायतका सुबिधा हुनेछन् ।

यसअघि देखि नै कम्पनीले सो सेवा उपलब्ध गराउने बताएको थियो ।

प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार