हार्मोनीओएस इभेन्टमा ह्वावे पी५० को आधिकारिक झलक प्रस्तुत

  • Technology Khabar | २० जेष्ठ २०७८, बिहीबार
हार्मोनीओएस इभेन्टमा ह्वावे पी५० को आधिकारिक झलक प्रस्तुत

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले जुन २ अर्थात् बुधबार हार्मोनीओएस २.० सार्वजनिक गर्न एउटा इभेन्ट आयोजना गरेको छ।

उक्त इभेन्टमा कम्पनीको आफ्नै अपरेटिङ सिस्टम हार्मोनीओएस २.० का साथमा दुई ओटा ट्याब्लेट, एउटा नयाँ स्मार्टवाच तथा केही गेमिङ मनिटरहरु पनि सार्वजनिक गरिएका थिए।

यसबाहेक यस इभेन्टमा आउँदै गरेको र थुप्रै चर्चामा रहेको ह्वावे पी५० सिरिजको ४५ सेकेन्डको प्रोमो पनि प्रस्तुत गरिएको थियो।

सुस्त गतिमा प्यान गरिएको उक्त प्रोमो ह्वावे  पी५० प्रोमा रहेको क्वाड क्यामरा सेट अफमा केन्द्रित हुँदै सूर्यास्त हुँदै गरेको क्षितिजमा उक्त स्मार्टफोनको वाइडएङ्गल भ्यू देखिएपछि समाप्त हुन्छ।

प्रोमोमा केही शब्द थप गर्दै ह्वावेले पी५० सिरिजको पातलो हलुका र सुन्दर डिजाइन तथा यसमा राखिएको क्यामराको गुणस्तरका बारेमा वर्णन गरेको थियो। तर यो फोन सार्वजनिक हुने यकिन मिति भने तोकिएको छैन।

ह्वावे पी५० सिरिजमा सोनीको आईएमएक्स८०० नामको १ इन्चको क्यामरा सेन्सर रहनेछ। भिडियोमा देखाइए अनुसार यसमा रहेको क्वाड क्यामरा १८ देखि १२५ एमएमसम्मको रहने यसमा ५x पेरिस्कोप पनस रहने आकलन गरिएको छ।

प्रकाशित: २० जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Everest Engineering College organized talk program on ‘Save the Himalayas’

  • Technology Khabar
  • २० जेष्ठ २०७८, बिहीबार