एप्पलले २०२३ मा २ करोड फोल्डेबल फोन बिक्री गर्ने

  • Technology Khabar | २० बैशाख २०७८, सोमबार
एप्पलले २०२३ मा २ करोड फोल्डेबल फोन बिक्री गर्ने

काठमाडौं ।

भरपर्दा विश्लेषक मिङ चि कुओले गत मार्चमा एप्पलले आफ्नो पहिलो फोल्डिङ स्मार्टफोनमा काम गरिरहेको खुलासा गरेका थिए। उनले उक्त फोन सन् २०२३ तिर सार्वजनिक हुन सक्ने पनि बताएका थिए।

सोमबार ९टू५म्याक मा कुओले उक्त जानकारीलाई बढावा दिँदै कम्पनीले फोल्डेबल फोनका २ करोड थान २०२३ मा बिक्री गर्ने खुलासा गरेका हुन्।

स्रोतका अनुसार कुओले आफ्नो नयाँ आइफोनका लागि सामसङसँग ओएलईडी प्यानलका लागि साझेदारी गर्ने बताइएको छ। तर उक्त मोडलको डिजाइन र स्पेसिफिकेशनका बारेमा भने केही उल्लेख गरिएको छैन।

आफ्नो पहिलो विश्लेषणमा कुओले उक्त डिभाइसको स्क्रीन ७.५ इन्च देखि ८ इन्चसम्मको हुने बताएकोमा हालै उनले ८ इन्चको फोल्डेबल हुनेमा जोड दिएका छन्।

तत्कालका लागि सामसङले फोल्डेबल फोनको बजार नियन्त्रण गरेको भए पनि मिङ चि कुओले क्रस प्रडक्ट इकोसिस्टम अंगालेका कारण अब एप्पललर् उक्त बजारमा पहिलो फोल्डेबल फोनसहित फाइदा उठाउने बताएका छन्।

बिस्तारै फोल्डेबल फोनमा मोबाइल, ट्याब्लेट र ल्यापटपका फिचरहरु एकैठाउँमा पाइने हुनाले पनि एप्पलको फोल्डेबल फोनले बजारमा कब्जा जमाउन सक्ने उनको भनाइ थियो। एप्पलले ल्याउने फोल्डेबल आईफोन ग्यालेक्सी जेड फोल्ड, ग्यालेक्सफ जेड फ्लिप वा अन्य कम्पनीका जस्तामध्ये कस्तो हुनेछ भन्ने यकिन भैसकेको छैन।

प्रकाशित: २० बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...