नेशनल आईसीटी एक्सिलेन्स अवार्ड सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुलीलाई

  • Technology Khabar | १९ बैशाख २०७८, आईतवार
नेशनल आईसीटी एक्सिलेन्स अवार्ड सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुलीलाई
तस्वीरः पराजुलीको फेसबुकबाट

काठमाडौं ।

सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई नेशनल आइसीटी एक्सिलेन्स अवार्डबाट पुरस्कृत गरेको छ। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर विभिन्न व्यक्ति र संस्थाहरुलाई पुरस्कृत गरेको हो ।

यस वर्ष सुबिसु केबलनेट प्रालिका अध्यक्ष तथा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले १ लाख नगद र प्रमाणपत्रसहितको नेशनल आइसीटी एक्सिलेन्स अवार्ड प्राप्त गरेका छन्।

यस्तै प्रभु ग्रुपकी उपाध्यक्ष कुसुम लामालाई नेशनल आईसीटी अवार्ड वुमनबाट पुरस्कृत गरिएको छ। उक्त पुरस्कारको राशी पनि १ लाख रुपैयाँ नगद र प्रमाणपत्र रहेको छ।

संस्थातर्फ ह्वावे टेक्नोलोजीज नेपाल कम्पनी प्रालिले नेशनल आईसीटी अवार्ड प्राइभेट सेक्टर हात पारेको छ। १ लाख नगद र प्रमाणपत्रसहितको उक्त पुरस्कार अघिल्लो वर्ष सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत् प्रदान गरिएको हो।

सार्वजनिक क्षेत्रमा भने यो पुरस्कार महालेखा नियन्त्रकले प्राप्त गरेको छ। नेशनल आईसीटी अवार्ड पब्लिक सेक्टर नाम गरेको उक्त पुरस्कारको राशी पनि १ लाख नगद र प्रमाणपत्र रहेको छ।

हाम्रो तर्फबाट पनि अवार्ड पाउनुभएका सबैलाई हार्दिक बधाई !

प्रकाशित: १९ बैशाख २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार