कनेक्ट आईपीएसमार्फत कारोबार बढ्दै

  • Technology Khabar | ३१ चैत्र २०७७, मंगलवार
कनेक्ट आईपीएसमार्फत कारोबार बढ्दै

काठमाडौं ।

नेपालमा हालसम्म कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार संख्या साढे १६ लाख नाघेको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एक प्रतिवेदनका अनुसार चैतको शुरुवातसम्म कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार सङ्ख्या १६ लाख ३ हजार ५९८ पुगेको हो।

यो संख्या एक महिना अघि अर्थात् फागुन शुरुवातको तुलनामा ५८ हजार १८४ ले बढी हो। माघ महिनासम्ममा यो संख्या १५ लाख ४५ हजार ४१४ थियो।

कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार संख्यासँगै कारोबार रकम पनि त्यसै अनुपातमा बढेको छ।

फागुन शुरुवातमा कनेक्ट आईपीएसमार्फत् १ खर्ब ४ अर्ब ३९ करोड ४० लाख रुपैयाँको कारोबार भएकोमा चैतको शुरुवातसम्ममा यो रकम बढेर १ खर्ब १० अर्ब ५७ करोड २० लाख रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो महिनाको भन्दा ६ अर्ब १७ करोड ८० लाख रुपैयाँले बढी हो।

प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार