ताजा समाचार

ललितपुरका तीन गाउँपालिकामा ब्रोडब्याण्ड नेटवर्क विस्तार गर्दै दूरसञ्चार प्राधिकरण

ललितपुरका तीन गाउँपालिकामा ब्रोडब्याण्ड नेटवर्क विस्तार गर्दै दूरसञ्चार प्राधिकरण
Global IME Bank

नेपाल दूरसञ्चार प्राधिकरणले ललितपुरका तीन गाउँपालिकाहरुमा ब्रोडब्याण्ड नेटवर्क विस्तार गरी इन्टरनेट सेवा पुर्याउनका लागि रित पुगेका इन्टरनेट सेवा प्रदायकहरुसँग बोलपत्र आह्वान गरेको छ।

९ महिनाभित्र ललितपुरका तीन गाउँपालिकाहरुमा ब्रोडब्याण्ड नेटवर्क विस्तार गरी इन्टरनेट सेवा पुर्याउने गरी आह्वान गरिएको बोलपत्रका लागि प्राधिकारणबाट इजाजत प्राप्त इन्टरनेट सेवा प्रदायकहरुले आवेदन दिन सक्नेछन्।

कसले आवेदन दिन सक्छन्?

  • पछिल्लो दश वर्षभित्र कुनै तीन वर्षमा कम्तीमा १० करोड रुपैयाँकाे कारोबार गरेको संस्था हुनुपर्ने
  • एक वर्षभित्र कम्तीमा १ हजार जना फिक्स्ड डाटाका ग्राहक भएको हुनुपर्ने
  • अप्टिकल फाइबर, माइक्रोवेभ, पीएमपी तथा वायरलेस गरी हाल कम्तीमा ५० किलोमिटरसम्म प्रसारण गरिरहेकाे हुनुपर्नेछ ।

कसरी आवेदन दिने?

आवेदकहरुले दुईवटा खाममा एउटामा बोलपत्रको प्राविधिक विवरण र अर्कोमा आफूले कबोल गरेको रकम खुलाएर सिलबन्दी रुपमा आवेदन दिनुपर्नेछ।

आवेदकले ५ हजार रुपैयाँ बोलपत्र प्रक्रियाकाे शुल्कका रुपमा बुझाउनुपर्नेछ।

बोलपत्र खोलिएको दिनबाट ९० दिनका लागि वैध हुनेछ भने रु १२ लाख २०  हजार रुपैयाँ सुरक्षण रकमका रुपमा बुझाउनुपर्नेछ। यो रकम बोलपत्रको म्यादपछि अर्को ३० दिनसम्मका लागि मान्य हुनेछ।

आवेदकले www.bolpatra.com.np/egp मार्फत् अप्रिल १५ तारिख अर्थात् २०७८ साल वैशाख २ गते १२ बजेभित्र बोलपत्र बुझाउनुपर्नेछ। त्यसपछि आएका बोलपत्र मान्य हुने छैनन्।

बोलपत्र प्राधिकरणको कार्यालय कमलादीमा अप्रिल १५ तारिख अर्थात् २०७८ साल वैशाख २ गते साढे १२ बजे खोलिनेछ।

यसमा बोलपत्र आवेदन कुनै एउटा संस्थाको नाममा मात्र दिन सकिनेछ। ज्वाइन्ट भेन्चर कम्पनीका नाममा बोलपत्र आवेदन दिन पाइने छैन।

ललितपुर जिल्लामा बागमती, कोञ्ज्योसोम र महाङ्काल गरी तीन वटा गाउँपालिकाहरु छन्। प्राधिरणले यी तिनैवटा गाउँपालिकाहरुमा रोडब्याण्ड नेटवर्क विस्तार गरी इन्टरनेट सेवा पुर्याउने लक्ष्यसहित बोलपत्र आह्वान गरेको हो।

Sajilo Visa
easy care