संघीय संसदको लेखा समितिमा सूचना प्रविधिमैत्री सभा हल बन्ने

  • Technology Khabar | ३ चैत्र २०७७, मंगलवार
संघीय संसदको लेखा समितिमा सूचना प्रविधिमैत्री सभा हल बन्ने

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले संघीय संसदको लेखा समितिमा सूचना प्रविधिमैत्री सभा हल बनाउन बोलपत्र आह्वान गरेको छ।

बोलपत्र विशेष गरी उक्त सूचना प्रविधिमैत्री सभाहलको डिजाइन, आपूर्ति, जडान तथा कार्यान्वयनका लागि आह्वान गरिएको हो।

सार्वजनिक खरिद ऐन तथा नियमावलीमा उल्लेख भए अनुरुपको बोलकबोलका लागि आवेदकहरुले प्राधिकरणको कार्यालय कमलादीबाट बोलपत्रसम्बन्धी दस्तावेज खरिद गर्न सक्नेछन्।

दस्तावेजका लागि लिखित निवेदन र ५ हजार रुपैयाँ शुल्कसहित २०७७ चैत्र १७ गतेभित्र प्राधिकरणको कार्यालय कमलादीमा सम्पर्क राख्न सकिन्छ।

आवेदकले www.bolpatra.com.np/egp मार्फत् मार्च ३१ तारिख अर्थात् २०७७ चैत्र १८ गते १२ बजेभित्र बोलपत्र बुझाउनुपर्नेछ।

बोलपत्रसँगै सुरक्षण रकम कम्तीमा रु ७ लाख ५० हजार पनि बुझाउनुपर्नेछ जुन बोलपत्रको ९० दिने म्याद सकिएको ३० दिनसम्म मान्य हुनेछ।

बोलपत्र प्राधिकरणको कार्यालय कमलादीमा मार्च ३१ तारिख अर्थात् २०७७ चैत्र १८ गते १ बजे खोलिनेछ।

प्रकाशित: ३ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • ३ चैत्र २०७७, मंगलवार