फोन बिग्रनबाट बचाउन यी उपायहरु अपनाउनुस्

  • Technology Khabar | २९ फाल्गुन २०७७, शनिबार
फोन बिग्रनबाट बचाउन यी उपायहरु अपनाउनुस्

काठमाडौं ।

मोबाइल फोनहरु जति हाम्रा दैनिक जीवनका लागस महत्वपूर्ण छन् तिनीहरुको हेरचाह गर्नु पनि त्यत्ति नै महत्वपूर्ण छ।

अहिले स्मार्टफोनहरु धेरै फिचरसहित त आउँछन् तर हातबाट खस्दा कुनै वस्तुसँग ठोकिँदा टुट फुट हुने सम्भावन भने धेरै नै रहन्छ। यस्तोमा आफ्नो फोनलाई सुरक्षित राख्न फोन किन्नेबित्तिकै देखि केही तरिका अपनाउँदा यसलाई टुटफुट हुन वा बिग्रनबाट जोगाउन सकिन्छ।

फोन किन्नेबित्तिकै यी उपाय अपनाउन सके फोन धेरै समय टिकाउन सहयवग पुग्छ।

१. स्क्रीन प्रोटेक्टर/गार्ड लगाउनुहोस्

यदि तपाईँ नयाँ फोन किन्दै हुनुहुन्छ भने सबैभन्दा पहिले स्क्रीन गार्ड लगाउनुहोस्। आजकलका फोनहरु चिप्लने खालका हुन्छन्। त्यसैले  फोन हातबाट नछुटोस् र त्यसमा हातले छुँदा दाग नलागोस् भन्नका लागि पनि  स्क्रीन गार्ड लगाउनु जरुरी हुन्छ।

२. अनावश्यक विजेटहरु हटाउनुहोस्

नयाँ फोन किन्दा त्यसमा पहिलेदेखि नै लोड गरिएका विजेटहरु हुन सक्छन्। त्यसबाहेक कहिलेकाहीँ कम्पनीले प्रि इन्स्टल गरेर पठाएका एपहरु हुन सक्छन जसले फोनको ब्याट्री धेरै खपत गर्न सक्छन्। यस्तोमा फोनलाई धेरै समयसम्म टिकाउन यस्ता अनावश्यक र समस्या ल्याउन सक्ने एप र विजेटहरु हटाउनु जरुरी हुन्छ।

३. सेक्युरिटी कोड राख्नुहोस्

फोन किनिसकेपछि यसलाई टुटफुट हुनबाट मात्र जोगाएर पुग्दैन। यसमा रहेका डाटा पनि अरु व्यक्तिको पहुँचबाट जोगाउनु जरुरी हुन्छ। यसका लागि फोनमा पासवर्ड फिंगरप्रिण्ट प्याटर्न लक तथा फेस लकमध्ये कुनै एउटालाई प्रयोगमा ल्याउन सकिन्छ।

यसबाट तपाईँको व्यक्तिगत डाटा तपाईँको अनुपस्थितिमा वा अनुमतिबिना अरुले चलाउन सक्दैनन्।

४. होम स्क्रीन आफैँ सेट गर्नुहोस्

कहिलेकाहीँ नयाँ किनेको फोनको फिचर र सेटिङ बुझ्न समय लाग्छ। यस्तोमा आफ्नो होम स्क्रीन आफैंले कस्टोमाइज गर्दा प्रयोगमा सहजता आउँछ।

आफ्नै हिसाबले आइकनहरु, रंग संयोजन, वालपेपर राख्न तथा आवश्यक एपहरुलाई होमस्क्रीनमा सेट गर्न सकिन्छ जसबाट फोन चलाउन सजिलो हुन्छ।

 

प्रकाशित: २९ फाल्गुन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...