आर्थिक समाचार

एफएनसीसीआईमा नयाँ कार्यसमिति चयन भएको एक सय दिन पूरा

एफएनसीसीआईमा नयाँ कार्यसमिति चयन भएको एक सय दिन पूरा
Global IME Bank

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन भएको एक सय दिन पूरा भएको छ । गत मंसिर १४ गते सम्पन्न महासंघको ५४ औं साधारण सभाले शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरेको थियो ।

समिति चयन भएको सय दिनको अवसर पारेर महासंघले राजधानीमा एक कार्यक्रमको आयोजना गरी हालसम्मका उपलब्धि तथा आगामी यात्राका सम्बन्धमा जानकारी गराएको छ ।

सय दिनका उपलब्धि सार्वजनिक गर्दै महासंघ अध्यक्ष गोल्छाले आगामी दिनका लागि भिजन पेपर तयार पर्न लागिएको बताए । भिजन पेपर तयार गर्नका लागि सुझाव संकलन गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा भिजन पेपरको प्रभावकारी कार्यान्वायनमा लाग्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । यसका लागि अलग युनिट स्थापना गर्ने योजना बनाएको गोल्छाको भनाई थियो ।

मंगलबारको कार्यक्रमबाट संकलित सुझाव सहितको भिजन पेपर १० दिन भित्र सार्वजनिक गर्ने बताएका गोल्छाले दोहोरो अंकको आर्थिक वृद्धिका आधार सहितको दस्तावेज तयार पारिने बताए । उद्योग व्यवसायको विकास, रोजगारी सृजना लगायतका विषयलाई प्राथमिकताका साथ भिजन पेपरमा समेटिने बताएका उनले अन्तर्राष्ट्रिय व्यापार मेला पनि आयोजना गरिने उद्घोष गरे । यसका अलावा निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुको एकतामा विशेष जोड दिने पनि बताए ।

५० जना नव उद्यमीलाई स्थापित गराउनका लागि कार्यक्रम तर्जुमा गरिएको बताएका उनले केही दिनमा नै उक्त कार्यक्रमको औपचारिक घोषणा गरिने पनि बताए ।

महासंघको हालको विधान संशोधन गर्नु पर्ने आवश्यक्ता देखिएको बताएका उनले पटक पटक विधान संशोधन गर्नु नपर्ने गरी संशोधनको प्रकृया अघि बढेको पनि जानकारी दिए । विधानका कतिपय व्यवस्था निर्वाचनमुखी जस्तो देखिएकाले त्यस्ता विषय संशोधन गरी आगामी दिनमा महासंघलाई थप बलियो बनाउन लागिएको उनको भनाई थियो ।

Sajilo Visa
easy care