
काठमाडौं ।
सामसङले नेपाली बजारमा आफ्नो पछिल्लो फ्ल्यागशिप एस सिरिजअन्तर्गत एस२१ प्लस तथा तथा एस२१ अल्ट्रा ल्याएपश्चात् एस सिरिज अन्तर्गतकै अघिल्लो मोडेल एस २० प्लसको बिक्री बजारमा निकै कम भएको छ ।
कम्पनीले बजारमा ग्यालेक्सी एस२० प्लस बिक्री हुनै छोडेपछि कम मूल्यमा विक्री गर्ने भएको छ। बजारमा यसको माग पनि निकै घटेको छ ।
कम्पनीका अनुसार १ लाख ४ हजार ९९९ रुपैयाँ पर्ने एस२० प्लसमा १० हजार रुपैयाँ कम गरी अब यसको नयाँ मूल्य ९४ हजार ९९९ रुपैयाँ हुनेछ ।
कम्पनीले यो अफर मार्च महिना अन्तसम्मको लागि सीमित गरिएको जानकारी दिएको छ ।
गत महिना कम्पनीले एस२१ प्लस तथा तथा एस२१ अल्ट्रा सार्वजनिक गरेको थियो ।
प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार