गेमिङ तथा टिभीका लागि एलजीले ४८ इन्चको बेन्डेबल डिस्प्ले ल्याउँदै

Technology Khabar २० पुष २०७७, सोमबार

काठमाडौं ।

इलेक्ट्रोनिक्स कम्पनी एलजीले अमेरिकामा आयोजना हुने कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) २०२१ मा बेन्डेवल डिस्प्ले प्रस्तुत गर्ने भएको छ । यस पटक कोराना महामारीका कारण सन् २०२१ को सीईएस भर्चुअल माध्यमबाट आयोजना गरिनेछ ।

उक्त शोमा एलजीले फ्ल्याट स्क्रिन र कर्भ स्क्रिनमा रुपान्तर गर्न सकिने ओएलईडी प्यानलयुक्त डिस्प्ले प्रस्तुत गर्नेछ ।

दक्षिण कोरियाली निर्माता एलजीले गेम खेल्न तथा टीभी दुवैका लागि उपयोगी हुनेगरी उक्त डिस्प्लेको डिजाइन गरिएको जानकारी दिएको छ । यो डिस्प्ले कागत जस्तै पातलो छ भने यसले त्यसबेला पनि स्क्रिनको बिच भागमा हेर्न सकिने विशेषता छ ।

यस टिभीमा परम्परागत स्पिकर दिइएको छैन । यसमा स्क्रिनलाई नै (भाइब्रेट) कम्पन गरेर ध्वनी उत्पादन हुन्छ । टिभीको स्क्रिनलाई १००० मिलिमिटरसम्म कर्भ गर्न सकिन्छ । यसको डिस्प्लेको रेस्पोन्स समय ०.१ मिलिसेकेन्ड छ । साथै रिफ्रेस रेट पनि १२० हर्जको छ।

यो नयाँ स्क्रिनमा ध्वनि उत्पादन गर्न एलजीको डिस्प्ले सीएसओ प्रविधिको सहयोग लिइएको छ । सीएसओ स्क्रिन पहिलो पटक सन् २०१७ को सीएसईमा प्रदर्शन गरिएको थियो । ध्वनी उत्पादनका लागि डिस्प्लेको पछिल्लो भागमा एक्सिटर राखिएको छ।

एक्सिटरको माध्यमबाट स्क्रिनमा कम्पन पैदा भई ध्वनी उत्पादन हुन्छ । यो डिस्प्लेको मोटाई जम्मा ०.६ एमएम छ । चार वर्ष अघि यो डिस्प्ले प्रदर्शन गर्दा यसको मोटाई ९ एमएम थियो । लचिलो सीएसओ डिस्प्लेले उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने एलजीको दाबी छ।

प्रकाशित: २० पुष २०७७, सोमबार

तपाइको प्रतिक्रिया