विस्ट्रोनको बिरूद्ध भारतमा एप्पलको कडा कारबाही, सुधार नभएसम्म कुनै सम्झौता नहुने

  • Technology Khabar | ७ पुष २०७७, मंगलवार
विस्ट्रोनको बिरूद्ध भारतमा एप्पलको कडा कारबाही, सुधार नभएसम्म कुनै सम्झौता नहुने

काठमाडौं ।

एप्पलले भारतमा आईफोन उत्पादन गर्ने कम्पनी विस्ट्रनलाई  श्रम विवादमा कडा कारबाही गरेको छ। बैंगलोरमा आईफोन अनुबंध निर्माता कम्पनी विस्ट्रोनमा नियमित तलबको विवादपछि एप्पलले विस्ट्रोनलाई प्रोबेशन पिरियडमा राखेको छ।

कम्पनीले भनेका छ कि विस्ट्रोनले केसको समाधान नगरेसम्म र दोषी कर्मचारीहरु विरुद्ध कारबाही नगरेसम्म एप्पलले सो कम्पनीसँग विश्वको कुनै पनि देशमा कुनै सम्झौता गर्ने छैन।

एप्पलले हालै विज्ञप्ति जारी गरेर भनेको छ- ‘अनुसन्धानको क्रममा हामीले भेट्टायौं कि विस्ट्रोन व्यवस्थापनले कर्मचारीसँग अनुचित व्यवहार गरेको थियो र उनीहरूलाई तलब भुक्तान गरेको थिएन। हामी विश्वास गर्दछौं कि सबै कर्मचारीहरूलाई इज्जतका साथ बाँच्ने अधिकार छ र समयमै उनीहरू तलबको हकदार छन्। कर्मचारीहरूको तलब र राम्रो काम गर्ने वातावरणमा सुधार नभएसम्म कम्पनीसंग सबै व्यापार सम्झौता होल्डमा हुनेछ।’

विस्ट्रोन आईफोन निर्माता कम्पनी एप्पलको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय आपूर्तिकर्ता हो। आक्रोशित कामदारहरूले पछिल्लो हप्ता बंगलोर नजिकै विस्ट्रोन प्लान्टमा तोडफोड गरेका थिए। उनीहरुले धेरै महिनादेखि तलब र बोनस नपाएको बताएका थिए । लकडाउन पछि, उनीहरुको तलब काटियो र पाकेको तलब पनि भुक्तान गरिएको छैन। तोडफोडपछि प्लान्ट अस्थायी रूपमा बन्द गर्नुपर्‍यो।

यसैबीच, कम्पनीले यसको उपाध्यक्षलाई बर्खास्त गरेको छ, जसको जिम्मेवारी आईफोन निर्माणको व्यवसायलाई हेर्ने थियो।

अर्कोतर्फ भारतीय श्रम विभागद्वारा प्रारम्भिक अनुसन्धानमा एप्पलको आपूर्तिकर्ता कम्पनी विस्ट्रोन र यसको भेण्डरहरुले धेरै नियमहरुको उल्लंघन गरेको पाए। प्रारम्भिक परीक्षणले कम्पनीले धेरै श्रम कानूनको उल्लंघन गरेको कुरा पत्ता लगायो। विस्ट्रोन कर्मचारीहरूले उनीहरूलाई सही तरिकाले भुक्तान नभएको गुनासो गरे। महिला कर्मचारीका लागि पनि उचित व्यवस्था गरिएको छैन। तिनीहरू आठ घण्टाको सट्टामा १२ घण्टासम्म काम गरिरहेका छन्। विस्ट्रोनसँग कम्तिमा ८ हजार भन्दा बढि कन्ट्र्याक्टमा कर्मचारी छन् भने स्थायी कर्मचारीहरुको संख्या १३ सय भन्दा धेरै छ । एजेन्सि

प्रकाशित: ७ पुष २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार