
काठमाडौं ।
नेपालको निजी लगानी प्रणाली सवल र सुदृढ गर्नका लागि मुख्य भूमिका निर्वाह गर्न नेपालका प्रमुख प्राईभेट इक्वीटी कम्पनीहरुले नेपाल प्राईभेट इक्वीटी एसोसिएसन नामक संस्थाको स्थापना गरेका छन् ।
यस क्षेत्रलाई सहयोग गर्दै आएका बेलायती दूतावासका आर्थिक विकास विभागका प्रमुख नथ्यानियल वेभनले यसो भनेका छन् -म खुसी छु कि नेपालको पहिलो प्राईभेट इक्वीटी एसोसिएसन शुरू भएको छ । यो पहलले नेपालमा बढ्दो निजी लगानीर उद्यम पूंजी क्षेत्रलाई धेरै आवश्यक प्रतिनिधित्वको साथै सरकारी निकायहरू र नियामकहरूसँग औपचारिक संलग्नता गर्ने मञ्च प्रदान गर्नेछ । यसले अझ प्रगतिशील लगानीको वातावरण पनि सक्षम पार्छ जसले व्यवसायहरुलाई अझ बढ्न मद्दत पुर्याउँछ, जसले गर्दा नेपालमा आर्थिक वृद्धिलाई सहयोग गर्नेछ ।
एनपीईए, कम्पनी ऐन अन्तर्गत मुनाफा वितरण नगर्ने संस्थाको रूपमा सम्मिलित छ जुन एक संचालक समिति द्वारा संचालित हुनेछ । निम्न कम्पनीहरू यस संस्थाका संस्थापक सदस्य हुन् ।
सुमन जोशीले संस्थापक समितिको अध्यक्षता गरेका छन् जसमा सिद्धान्त पाण्डे, विद्या वारिधि सिग्देल, अनुपम मान छन्त्याल र तेन्जिन सोनम गोन्सर सदस्य छन्।
“विगतका केही वर्षदेखि नेपालमा वैकल्पिक वा विशेष लगानी गतिविधिहरू सुरु भइरहेका छन् । धेरै लगानी गर्ने व्यावासयाहरु, निजी लगानी कोष र उद्यम पूंजी प्रदायकहरु नेपाली व्यवसायहरुमा लगानी र उनीहरुको विकासमा सहयोग गर्दै छन् । कानूनी परामर्श दिने व्यवसाय, बिजनेस एक्सेलेरेटर जस्ता सहायक सेवा प्रदायकहरू पनि उध्यमशिलता विकाश गर्न योगदान पुर्याउँदै आएका छन् । नियामक संस्थाहरुले वैकल्पिक लगानीमा काम गरिरहेका संस्थाहरूको अस्तित्व र आवश्यकतालाई स्वीकार्न थालेका छन्। वैकल्पिक लगानी उद्योगको लागि उच्च मापदण्ड तय गर्न हामी नेपाल प्राईभेट इक्वीटी एसोसिएशनलाई औपचारिक रुपमा स्थापना गरेका छौं” सुमन जोशीले भने।
अनुसन्धान क्रियाकलापको अतिरिक्त यस संस्थाले वैकल्पिक लगानी क्षेत्रमा कार्यरत जनशक्तिको सिप, क्षमता तथा ज्ञान अभिवृद्धि गर्नका लागि तालिम, गोष्ठी, सम्मेलन गरि नेपाललगायत अन्य विभिन्न देशका समान यस्तै प्रकृतिका संघ संस्थाहरुसँग मैत्री सम्बन्ध र सहकार्य गर्नेछ।
प्रकाशित: ५ पुष २०७७, आईतवार