दराजबाट डिशहोम खरिद गर्दा २० प्रतिशत छुट, ३ हजारसम्मको डिस्काउन्ट

  • Technology Khabar | २६ कार्तिक २०७७, बुधबार
दराजबाट डिशहोम खरिद गर्दा २० प्रतिशत छुट, ३ हजारसम्मको डिस्काउन्ट

काठमाडौं ।

इकमर्स साईट दराजले आयोजना गरेको ११.११ मा विशेष छुटसहित डिशहोमको सेवा उपलब्ध हुने भएकोछ ।

दराज अनलाईनमा ११.११ मा सुरु हुने सेलमा दराज अनलाइनमार्फत डिशहोम कनेक्सन, डिशहोम फाईबरनेट तथा डिशहोमका उपकरणहरु खरिद गर्दा २० प्रतिशत छुट अथवा रु ३००० सम्म डिस्काउण्ट प्राप्त हुने छ ।

यो योजना दराज अनलाइमा कार्तिक २६ गतेको राती १२ बजे बाट २४ घण्टाको लागी खुल्ने छ । ग्राहकहरुले डिशहोम, डिशहोम फाईवरनेट तथा डिशहोमका अन्य उपकरणहरु दराजमार्फत अनलाईन अर्डर गर्न सक्नेछन् ।

प्रकाशित: २६ कार्तिक २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार