Samsung

सामसङको ग्यालेक्सी ‘एफ’ सिरिजको पहिलो स्मार्टफोन एफ४१ लन्च

सामसङको ग्यालेक्सी ‘एफ’ सिरिजको पहिलो स्मार्टफोन एफ४१ लन्च
Global IME Bank

दक्षिण कोरियाली टेक कम्पनी सामसङले ग्यालेक्सी एफ सिरिजको पहिलो स्मार्टफोन एफ४१ लन्च गरेको  छ । कम्पनीले एफ४१लाई भारतमा कम्पनीको नयाँ ग्यालेक्सी एफ सीरिजको पहिलो मोडेलको रूपमा ल्याएको हो।

नयाँ सामसङ फोन वाटरड्रप स्टाइल नच डिस्प्लेको साथ आउँदछ र यसमा ट्रिपल रियर क्यामरा छ। सामसङ ग्यालेक्सी४१ मा पछाडि माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र ६,००० एमएएचको ठूलो ब्याट्री पनि रहेकोछ। सामसङका नयाँ फोनहरू तीन फरक रंगका विकल्पहरूका साथ आउनेछ भने यसमा ३२ मेगापिक्सलको सेल्फी क्यामरा र एक अक्टाकोर एक्सनोज ९६११ चिपसेट छ ।

दक्षिण कोरियाली जायन्टले भारतमा नयाँ फोनको माध्यमबाट युवा ग्राहकहरुलाई आकर्षित गर्नको लागी योजना गरीरहेको छ।

यो फोनमा ६.४ इन्चको फूलएचडी प्लस सुपर एमोलेड इन्फिनिटी-यू डिस्प्ले राखिएको छ भने फोनमा ६ जीबी र्याम रहेको छ ।

ग्यालेक्सी एफ ४१ ट्रिपल रियर क्यामरा सेटअपको साथ आउँदछ, यसमा ६४ मेगापिक्सेल प्राइमरी सेन्सर, ८ मेगापिक्सलको अल्ट्रा वाइड एंगल लेन्सको साथ १२३ डिग्री फिल्ड अफ भ्यू, र लाइभ फोकस सपोर्टको साथ ५ मेगापिक्सेलको तेस्रो सेन्सर पनि राखिएको छ । यसले फोरके भिडियो रेकर्डिङ्ग गर्न सक्छ । सेल्फीको लागि ३२ मेगापिक्सलको सेल्फी शूटर छ।

फोनमा १२८ जीबी अनबोर्ड स्टोरेज छ, जुन माइक्रोएसडी कार्ड स्लटको माध्यमबाट ५१२ जीबीसम्म बढाउन सकिन्छ।

फोनमा फास्ट चार्जकोलागि १८ वाटको फास्ट चार्जिङ्ग सपोर्ट छ भने एक चार्जमा ४८ घण्टासम्म भ्वाइस कल गर्न सकिने कम्पनीको दाबी छ ।

भारतमा सामसङ ग्यालेक्सी एफ ४१ को ६ जीबी प्लस ६४ जीबी मोडेलको मूल्य १६९९९ भारु तोकिएको छ भने फोनको ६ जीबी प्लस १२८ जीबी मोडेलको मूल्य  १७९९९ भारु तोकिएको छ। यो फोन ईकमर्श फ्लिपकार्टमा १६ अक्टुबरदेखि बिक्रीका लागि उपलब्ध हुनेछ । एजेन्सी

Sajilo Visa
easy care