ताइवानले ५जी पूर्वाधार बनाउनका लागि आगामी ५ वर्षमा १ अर्ब डलरभन्दा बढि लगानी गर्ने

Technology Khabar ११ आश्विन २०७७, आईतवार

काठमाडौं ।

ताइवानको सरकारले आगामी ५ बर्षमा ५जी पूर्वाधार निर्माणमा १.७० अर्ब डलर लगानी गर्ने भएको छ ।

सो जानकारी ताइवानी उपराष्ट्रपति विलियम लाइले जानकारी दिएका हुन् ।

लाइले हालै आयोजना भएको टेक्नोलोजी फोरममा बोल्दै शहरी र ग्रामीण क्षेत्र र डिजिटल कार्यान्वयन बीचको डिजिटल खाडललाई संकुचित गरिने बताएका हुन् । उनले अहिलेको ५जी युगमा स्मार्ट होम, स्मार्ट कारखाना, स्मार्ट मेडिकल र अन्य एप्लिकेसनका लागि ५जी, एआई र आईओटी समाधानलाई अनुकूलित गर्ने स्पष्ट पारेका थिए ।

यसका साथै ५जी लाई सार्वजनिक कल्याण सेवाहरूको लागि समेत उपयोग गरिनेछ ।

५जी पूर्वाधारका लागि छुट्याईएको बजेट राष्ट्रको सेप्टेम्बर २०२१ देखि अगस्ट २०२५ सम्म लागु हुने दोस्रो चार बर्षे आधारभूत पूर्वाधार योजनाको ४२० अर्ब ताइवानी डलरको एक हिस्सा भएको बताईएको छ । एजेन्सी

प्रकाशित: ११ आश्विन २०७७, आईतवार

तपाइको प्रतिक्रिया