काठमाडौं ।
स्मार्टफोन निर्माता भिभोले भारतमा मोबाइल फोनको डिजाइन विकास गर्न एक औद्योगिक डिजाइन केन्द्र स्थापना गर्ने भएको छ। साथै यसका कर्मचारीहरूको संख्या ५०,००० पुर्याइनेछ।
भिभो इण्डियाका निर्देशक (ब्रान्ड रणनीति) निपुण मरायाले भने कि कम्पनीले ७,५०० करोड भारु लगानी गर्ने घोषणा गरेको छ। यसमार्फत कम्पनीले मोबाइल निर्माण क्षमतालाई हालको ३.३ करोड युनिटबाट १२ करोड युनिटसम्म पुर्याउने लक्ष्य राखेको छ।
‘धेरै चाँडै हामी देशमा पनि हाम्रो औद्योगिक डिजाइन केन्द्र स्थापना गर्न लागेका छौं। त्यसो भए हामी केवल ‘मेक इन इण्डिया’ उत्पादनहरू मात्र बनाउँदैनौं, तर देशमै डिजाइन पनि गर्ने छौं।’ उनले भने ।
सो डिजाइन केन्द्रले भारतीय ग्राहकहरूको आवश्यकता बुझ्ने कुरामा ध्यान केन्द्रित गर्नेछ। भारतमा नै निर्मित र डिजाइन गरिएको पहिलो भिभो फोन २०२०/२१ को बजारमा आउनेछ।
मारायाले ५जी टेक्नोलोजीमा आधारित एक्स५० सीरीज स्मार्टफोन्स ल्याएर प्रीमियम स्मार्टफोन कोटीमा प्रवेश गर्ने घोषणा गरे ।
भारतीय बजारमा भिभोको स्मार्टफोन बजार २१ प्रतिशत रहेको छ । एजेन्सीका साथ
प्रकाशित: ३ श्रावण २०७७, शनिबार