सामसङका दुई नयाँ फोल्डेबल स्मार्टफोन अगस्टमा आउँदै, मूल्य पहिलेको भन्दा निकै कम

  • Technology Khabar | १५ असार २०७७, सोमबार
सामसङका दुई नयाँ फोल्डेबल स्मार्टफोन अगस्टमा आउँदै, मूल्य पहिलेको भन्दा निकै कम

काठमाडौं ।

दक्षिण कोरियाको टेक जायन्ट सामसङले चाँडै आफ्नो नयाँ स्मार्टफोन लन्च गर्न लागेको छ। भनिन्छ कि कम्पनीले अगस्टमा हुने कार्यक्रममा आफ्नो फोन लन्च गर्न सक्दछ, जसको मूल्य निकै सस्तो हुनेछ।

प्राप्त जानकारी अनुसार, सामसङको सबैभन्दा ठूलो इभेन्ट यस वर्षको अगस्टमा हुनेवाला छ। यस इभेन्टमा नोट २० सीरिजका , ग्यालेक्सी फोल्ड २ र ग्यालेक्सी जेड फ्लिप ५जी भेरियन्ट लन्च हुने अपेक्षा गरिएको छ।

तर किफायती फोल्डेबल स्मार्टफोन, जुन ग्यालेक्सी फोल्ड लाइटको रूपमा मानिन्छ, सो इभेन्टमा लन्च गरिने सम्भावना निकै कम छ।

धेरै रिपोर्टहरूमा यो दावी गरिएको छ कि सामसङ फोल्डेबल स्मार्टफोनको मूल्य नियमित ग्यालेक्सी फोल्डेबल डिभाइसको तुलनामा आधा मूल्य हुनेछ, तर अहिले यो केवल एक हल्लाको रूपमा मात्र मानिएको छ।

लीक गरिएको जानकारीका अनुसार ग्यालेक्सी फोल्ड २ मा ७.७ इन्च डिस्प्ले र ६.२३ इन्च कभर डिस्प्ले हुनेछ।

सामसङले आफ्नो नयाँ ग्यालेक्सी फोल्ड २ मा अल्ट्रा-थिक ग्लास प्रयोग गर्न सक्दछ, किनकि यसले ग्यालेक्सी जेड फ्लिपको लागि सोहि ग्लास प्रयोग गरेको थियो ।

प्रकाशित: १५ असार २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘InnoVision’ wins Mid-Valley’s ‘Build Nepal Hackathon 2026’, ‘Sentinaz’ named runner-up

  • Technology Khabar
  • १५ असार २०७७, सोमबार