भारतीय टेलिकम अपरेटर भारती एयरटेलले आफ्नो शेयर बिक्री गरेर ऋण तिर्ने योजना

Technology Khabar १३ जेष्ठ २०७७, मंगलवार

भारतीय टेलिकम अपरेटर भारती एयरटेलले आफ्नो शेयर बिक्री गरेर ऋण तिर्ने योजना
Global IME Bank

काठमाडौं ।

भारतीय टेलिकम अपरेटर भारती एयरटेलले अब अर्को टेलिकम अपरेटर रिलायन्स जियोको कदमलाई पछ्याउने भएको छ । यसैअनुसार कम्पनीले अब आफ्नो शेयर बिक्री गर्ने योजना लिएको छ ।

भारती एयरटेलको प्रमोटर भारती टेलीकम शेयर बेचेर एक अरब डलरको पूँजी जुटाउने योजना बनाएको छ। भारतीय समाचार एजेन्सीहरुका अनुसार भारती टेलीकमले ५५८ भारु प्रति शेयरको दरमा २.५७ प्रतिशत हिस्सा बिक्री गर्ने योजना गरिएको छ ।

समाचार अनुसार भारती टेलीकमले ५५८ भारु प्रति शेयरको दरबाट १५ करोड़ शेयर बिक्री गरेर एक अर्ब डलर जुटाउन जेपी मोर्गनलाई सम्पर्क गरेको छ ।

यो दर कम्पनीको शेयरको बजार मूल्य ५९३.२ प्रति शेयरको तुलनामा ६ प्रतिशत कम हो । यो शेयर बिक्रीबाट कम्पनीले अहिलेको ऋणबाट स्वतन्त्र हुन मद्दत मिल्ने अनुमान गरिएकोछ ।

भारती एयरटेलमा भारती टेलीकमको ४१ प्रतिशत शेयर हिस्सा छ । भारती टेलीकममा सुनील भारती मित्तल र उनका परिवारहरुको करिब ५२ प्रतिशत शेयर रहेको छ ।

यसअघि अर्को भारतीय टेलिकम अपरेटर रिलायन्स जियोले आफ्नो शेयर फेसबुकलगायतका ५ कम्पनीहरुलाई बिक्री गरेर करिब ७७,५६२ करोड भारु जुटाएको थियो । एजेन्सीका साथ

प्रकाशित: १३ जेष्ठ २०७७, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया