इन्स्टाग्राममा अब ‘मेसेन्जर रुम्स’ उपलब्ध, एकैपटक ५० जनासँग भिडियो कुराकानी गर्न सकिने

  • Technology Khabar | १० जेष्ठ २०७७, शनिबार
इन्स्टाग्राममा अब ‘मेसेन्जर रुम्स’ उपलब्ध, एकैपटक ५० जनासँग भिडियो कुराकानी गर्न सकिने

काठमाडौं ।

फेसबुकको अधिनमा रहेको भिडियो तथा फोटो शेयरिङ्ग प्लेटफर्म इन्स्टाग्रामले शुक्रबारदेखि नयाँ फीचर थप गरेको छ ।

कम्पनीले हालै आधिकारीक ट्विटर एकाउन्टबाट एकैपटक ५० जना मानिसहरुसँग भिडियो तथा अडियो च्याट गर्न सकिने फीचर लन्च गरेको हो ।

यसअघि फेसबुकको मेसेन्जरमा मात्र रहेको मेसेन्जर रुम्स अब इन्स्टाग्राममा पनि उपलब्ध भएको हो ।

मेसेन्जर रुम्समा एकैपटक ५० जना मानिसहरुसँग भिडियो कुराकानी गर्न सकिने सुबिधा रहेको छ ।

यसको लागि इन्स्टाग्राम प्रयोगकर्ताहरुले डिरेक्टमा क्लिक गरेर त्यसभित्र दाहिने भागमा देनिने भिडियोमा ट्याब गर्नुपर्ने हुन्छ ।

त्यहाँ तपाईँलाई ‘क्रिएट अ रुम’ अप्सन दिईएको छ । जहाँ आफ्नो रुम बनाएर तपाईँले अन्य इन्स्टाग्राममा भएका साथीहरुलाई त्यसको लिंक शेयर गरेर बोलाउन सक्नुहुनेछ ।

प्रकाशित: १० जेष्ठ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार