ओयोले लकडाउनमा फसेका पर्यटकहरु तथा नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्दै

  • Technology Khabar | २० चैत्र २०७६, बिहीबार
ओयोले लकडाउनमा फसेका पर्यटकहरु तथा नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्दै

काठमाडौं ।

ओयो होटेल एण्ड होम्स, विश्वकै एक अग्रणी होटेल तथा घरको श्रृंखलाले आज नेपालको लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका पर्यटकहरु तथा नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको छ ।

यो घडिमा ओयो पूर्ण ऐक्यवद्धताका साथ देशसँग खडा भएको र सरकारले लिएको कदमहरुलाई समर्थन गर्दछ र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएर प्रभावित परेकाहरुलाई आवास प्रदान गर्ने जानकारी दिएको छ ।

अप्रिल १ तारिखदेखि शुरु भएर चयन गरिएका ओयो होटेलले देशभर लकडाउनमा फसेका पर्यटक र नेपालीहरुलाई निशुल्क आवासको सुविधा प्रदान गर्नेछन् । लकडाउनमा सरकारलाई सहयोग पु¥याउने उद्देश्यका साथ ओयोले यो पहल विशेष रुपमा र केवल नेपालका लागि मात्र शुरु गरेको कम्पनीको दाबी छ ।

होटेल मालिक र कर्मचारीहरुका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न, पर्यटकहरुलाई चेक इन गर्नु अगावै कोरोना भाइरसका लक्षणहरु जाँचेर कोरोना नलागेको पुष्टि गरिने बताईएको छ । सम्पूर्ण ओयो होटेल मालिकहरुलाई यो भाइसर फैलिनबाट रोकथाम गर्नका लागि स्वास्थ्य र सुरक्षित उपायहरु अनुसरण गर्न आदेश दिइएको छ । ओयो होटेल मालिकहरु, कर्मचारी र अतिथिहरुको स्वास्थ्य र सुरक्षा प्रमुख प्राथमिकतामा रहने भएकाले ओयोले निरन्तर स्थिती अनुगमन गरिरहेको जनाएको छ ।

ओयो होटेल नेपालका लागि कन्ट्री हेड विक्की योल्मोले भने, “कोभिड १९ महामारीले विश्वभर नै प्रतिकूल प्रभाव पार्यो र यो चुनौतिपूर्ण समयमा पनि हामी संचालनमा रहेका छौं । एक जिम्मेवार कर्पोरेटको रुपमा हामी वास्तवमा जरुरतको घडिमा एकसाथ उभिनुको महत्व बुझ्छौं । हामी नेपालमा लकडाउनमा फसेकाहरुका लागि हाम्रो होटेलका ढोका खोल्ने कोशिस गर्दछौं । यस कठिन समयमा नेपालमा रहेका पर्यटकहरु, सरकार र हाम्रा सरोकारवालाहरुलाई हामीले हाम्रो हदसम्म सके जति सबै गर्नेछौं ।”

ओयोले आवासको आवश्यकतामा रहेका सम्पूर्णहरुलाई थप जानकारीका लागि ग्राहक सेवा ०१४२१७४७ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रकाशित: २० चैत्र २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार