काठमाडौं ।
काठमाडौं । ट्विटरमा लामो अवधिदेखि एडिट ट्विटको माग भईरहेको छ । तर हाल यो फीचर आउने छैन् । तर कम्पनीले यस्तो नयाँ फीचर परीक्षण गरिरहेको छ जो फेसबुक र इन्स्टाग्रामको फीचरसँग मिल्दछ ।
हालसम्म प्रयोगकर्ताहरुले केबल ट्विट मात्र गर्न सक्दछन् । यसबाहेक फेसबुक अथवा ह्वाट्सएपको जस्तो स्टोरी वा स्टाटसको फीचर ट्विटरमा छैन् । ट्विटरले अहिले भने फ्लिट(Fleet) नामको एउटा फीचर परीक्षण गरिरहेको छ ।
यो नयाँ फीचरअन्तरगत जब तपाईँले ट्विटरमा केहि पोस्ट गर्नुहुन्छ। त्यसबेला छुट्टै टाइमलाइन देखिनेछ । यसका साथै यो २४ घण्टामा आफैं हराउनेछ । ठिक यस्तै अहिले फेसबुकको स्टाटस वा स्टोरीमा हुने गर्दछ ।
ट्विटर ग्रुप प्रोडक्ट म्यानेजरले एक ब्लग पोस्टमा भने ट्विटर ती चीजहरुको बारेमा कुरा गर्नको लागि हो जसको बारेमा तपाईँ ख्याल राख्नुहुन्छ ।
ट्विटरकाअनुसार अब यूजर्सलाई दोस्रो तरिकाबाट कुराकानी गर्ने फीचर दिन लागिएको छ जसमा कम प्रेशर तथा अधिक नियन्त्रण गर्न सकिनेछ । कम्पनीले यो फीचर ब्राजीलबाट शुरु गरिएको जानकारी दिएको छ ।
फ्लिट नामक यो फीचर उपलब्ध हुनेछ जसलाई तपाईँले ट्विटका साथै फ्लिट पनि गर्न सक्नुहुनेछ । फ्लिट प्रयोग गर्न यूजर्सका लागि नयाँ प्लस बटन थप गरिएको छ जहाँ क्लिक गरेर फ्लिट गर्न सकिनेछ ।
फ्लिट अन्तरगत यूजर्सले २८० टेक्स्ट क्यारेक्टर राख्न सक्नेछन् । यसका साथै उनीहरुले फोटोहरु, जीफ, वा भिडियोहरु पनि पोस्ट गर्न सक्नेछन् । जतिबेला तपाईँ ट्विटरमा फ्लिट गर्नुहुन्छ त्यो फेसबुक स्टोरीको जस्तै माथिल्लो नयाँ ट्याबमा आउनेछ ।
तपाईँले जुन एकाउन्टलाई फलो गरिरहनुभएको छ उनीहरुको फ्लिट तपाईँको माथिल्लो ट्याबमा देखिनेछ तर तपाईँले त्यसलाई रिट्विट भने गर्न सक्नुहुन्न् । ती फ्लिटलाई ईमोजीहरुको मार्फत प्रतिकृया भने दिन सक्नुहुनेछ ।
यदि कुनै फ्लिट मनपरेको अण्डमा तपाईँले सिधै रिप्लाई पनि गर्न सक्नुहुनेछ र त्यस्तो रिप्लाई सो यूजर्सको डिएममा जानेछ ।
ट्विटरले यसलाई छिटै विश्वभर लन्च गर्ने अनुमान गरिएको छ । एजेन्सी
प्रकाशित: २३ फाल्गुन २०७६, शुक्रबार