
काठमाडौं ।
काठमाडौं । शाओमी नेपालले फरबरी १४ अर्थात भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो रेडमी सिरिजको लोकप्रिय स्मार्टफोन के २० प्रोको मूल्यमा कटौती गरेको छ ।
कम्पनीले सिमित अवधिको लागि रेडमी के २० प्रोको ८ जीबी २५६ जीबी भर्सनको मूल्यमा ३ हजार रुपैयाँ घटाएको हो ।
शाओमीले मूल्य घटाएसँगै रेडमी के २० प्रोको मूल्य ४६ हजार ९९९ रुपैयाँ कायम गरेको छ । यसअघि यो स्मार्टफोनको मूल्य ४९,९९९ रुपैयाँ रहेको थियो ।
शाओमी नेपालले नयाँ डिस्काउन्ट मूल्यमा रेडमी के २० प्रो स्मार्टफोन आफ्ना मनपर्ने भ्यालेन्टाइनहरुका लागि उपहार दिनसकिने गरि अफर ल्याएको जानकारी दिएको छ ।
यो अफर शाओमीका ९०० भन्दा बढि आधिकारीक स्टोरहरु र दराज तथा सस्तो डिलमा फरवरी १४ सम्म उपलब्ध रहेको जनाएको छ ।
*हेडलाइन संसोधित
प्रकाशित: १९ माघ २०७६, आईतवार