टेलिकम उद्योगको कुम्भ मेला मोबाइल वर्ल्ड कंग्रेस २०२० मा कोरोनाभाइरसको असर नहुने

  • Technology Khabar | १९ माघ २०७६, आईतवार
टेलिकम उद्योगको कुम्भ मेला मोबाइल वर्ल्ड कंग्रेस २०२० मा कोरोनाभाइरसको असर नहुने

काठमाडौं ।

काठमाडौं । बार्सिलोनामा विश्वको सबैभन्दा ठुलो टेलिकम इन्डस्ट्रि इभेन्ट मोबाइल वर्ल्ड कंग्रेस २०२० (एमडब्ल्युसी ) आयोजना हुन गइरहेको छ । एमडब्ल्युसी २०२० का बेला बार्सिलोनामा एकलाख भन्दा धेरै आगन्तुकहरु आउने छन् ।

एमडब्ल्युसी २०२० बार्सिलोनामा २४ देखि २७ फरवरीसम्म आयोजना हुँदैछ । बार्सिलोनामा आयोजना हुने यस इभेन्ट चीनमा फैलिएको कोरोनाभाइरस बाट प्रभावित हुने आशंका गरिएको छ । कोरोनाभाइरसको कारण चीनमा हालसम्म १३२ जना मानिसहरुको मृत्यु भइसकेको छ ।

एमडब्ल्युसी आयोजना गर्ने कम्पनी जीएसएसए टेलिकम इन्डस्ट्रि ग्रुपले अपकमिंग एमडब्ल्युसी २०२० प्रोग्राम तय गरिएको मितिमा नै सम्पन्न हुने बताएको छ । रोयटर्सकाअनुसार जीएसएमए ले हालको अवस्थालाई मध्यनजर गर्दै कोरोनाभाइरसको इभेन्टमा पर्ने प्रभावको आंकलन गरिरहेको जनाएको छ ।

यसको साथै जिएसएमएले इभेन्ट हुने स्थानमा वर्ल्ड हेल्थ अर्गानाइजेसन र सरकारको सेफ्टि रिकमेन्डेशनको अनुसार मेडिकल सर्पोटको अतिरिक्त व्यवस्था भएको बताएको छ ।

एमडब्ल्युसी २०२० आयोजकका अनुसार चीनबाट करिब २,५०० मानिसहरु यस इभेन्टमा उपस्थित हुने र चीन टेक्नोलोजीको लागि महत्वपुर्ण देश मध्ये एक रहेकोले यस इभेन्टमा चिनियाँ उपस्थितिको खास महत्व रहने छ । एजेन्सी

प्रकाशित: १९ माघ २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार