
काठमाडौं ।
काठमाडौं । चीनबाट पुरा विश्वभर फैलदै अवस्थामा रहेको कोरोना भाइरसबाट हालसम्म विश्वभरका ७,८९२ मानिसहरु संक्रमित भईसकेका छन । जसमा ७,७७१ संक्रमित चीनकै रहेका छन् । यस भाइरसको कारण हालसम्म १७० जना मानिसहरुको मृत्यु भइसकेको छ ।
यसैबिच विश्वभरका धनीव्यक्तिहरुले हालसम्म यस भाइरस विरुद्द लड्नलाई ३,००० करोड रुपैयाँ भन्दा धेरै रकम सहयोग गर्ने घोषणा गरेका छन् । यस सहयोगको पहिलो नम्वरमा चिनियाँ बिलेनियर ज्याकमा रहेका छन् । यस रकमबाट चीनमा कोरोनाभाइरस पिडितका लागी चार अस्पताल निर्माण गर्न सकिने छ ।
चीनकै दोस्रो सबैभन्दा धनीव्यक्ति ज्याक माको कम्पनी अलि बाबाले हालैमा वुहान लगायल चीनका सबै अस्पतालहरुलाई औषधिको लागी १४४ मिलियन डलर दिने घोषणा गरेको छ । यस रकममध्येको केहि रकम कोरोनाभाइरसको भ्याक्सिन बनाउने रिसर्च संस्थाहरुलाई दिईने जनाइएको छ ।
टिकटक भिडियो कम्पनी बाइटडान्स, टेनसेन्ट र बायदूले चीनमा रहेका कोरोनापिडितका लागी सहयोग, उपचार र औषधिको लागी ११५ मिलियन डलर रकम उपलब्ध गराउने घोषणा गरेको छ । यसमा वुहानमा बन्दै गरेको १,००० बेडको अस्पतालका लागी पनि रकम छुट्याइएको छ ।
यसबाहेक अमेरिकाका धनि व्यक्ति बिल गेट्सको बिल गेट्स एण्ड मेलिन्डा गेट्स फाउन्डेशन ले १० लाख डलर कोरोना भाइरस को उपचार र पिडित मानिसहरुका लागी सहयोगका लागी प्रदान गर्ने घोषणा गरेको छ । यस बाहेक फ्रान्सका अर्वपति फ्रयान्को पिनाल्टले पनि ३.३ मिलियन डलर सहयोगको घोषणा गरेका छन् ।
यसैबिच चिनियाँ सरकारले कोरोनाभाइरस बिरुद्द आफ्ना सैनिकलाई उर्ताने भएको छ । सैनिकलाई कोरोनापिडितको उद्दार र सहयोगका लागी उतार्न लागीएको हो । चीनका राष्ट्रपति सी जिनपिङ्गले यस्तो घोषणा गरेका हुन । एजेन्सी
प्रकाशित: १६ माघ २०७६, बिहीबार