
काठमाडौं ।
काठमाडौं । रियलमीले हालै एक घोषणामार्फत कम्पनीले हालसम्म रियलमी सी सीरीजको १०२ लाखसेट स्मार्टफोन बेचेको जनाएको थियो ।
सी सीरीजको सफलतालाई मध्यनजर गर्दै कम्पनीका सिईओ माधव सेठले कम्पनीले सीरीज अन्तर्गतको एक स्मार्टफोनलाई भोली जनवरी ३० मा सार्वजनिक गर्ने बताएका छन् । यद्पी उनले डिभाइसको नामबारे भने केहि खुलाएका छैनन्। तर कम्पनीले रियलमी सी३ लाई पेश गर्न सक्ने छ ।
कम्पनीले केहि दिन पहिले थाइल्यान्डमा एक स्मार्टफोन रियलमी सी३एस सार्वजनिक गरेको थियो । जसलाई कम्पनी रियलमी सी३ नामसहित भारतमा पेश गर्न सक्ने छ । यस फोनलाई आरएमएक्स२०२० मोडल नम्वरमा देखिएको थियो ।
लिस्टिङ्गमा फोनको रियर प्यानल देखिएको छ जसबाट डिभाइसको ब्याक प्यानलको टपराइट कर्नरमा क्यामरा मोड्युल हुनेछ, जसमा ट्रिपल रियर क्यामरा सेन्सर दिइनेछ । कम्पनीको यो फोनमा एक डेप्थ सेन्सर र वाइट एंगल लेन्सलाई एलईडी फ्ल्यासलाईट हुने आशा गरिएको छ । लीक खबर अनुसार कम्पनीले यस स्मार्टफोनलाई एन्ड्रोएड १० मा आधारित कलरओएस ७ मा लन्च गर्नसक्ने छ । तथा फोनमा रियलमी युआई पनि देखिन सक्ने छ ।
रियलमी ३ बाहेक रियलमी ६ स्मार्टफोनसँग सम्वन्धित लीक पनि अगाडि आएको छ । जसअनुसार कम्पनी यस स्मार्टफोनलाई पञ्चहोल डिस्प्ले डिजाइनसहित लन्च गर्न सक्ने छ । यस फोनको पञ्चहोल डिस्प्ले हालै लन्च भएको सामसङ ग्यालेक्सी एस१० लाइट स्मार्टफोन जस्तै स्क्रीनको बिचमा रहने छ ।
यस स्मार्टफोनमा कम्पनीले पेटा क्यामरा प्रदान गर्ने बताएको छ । अर्थात फोनको ब्याक प्यानलमा ५ क्यामरा सेन्सर रहने छ । त्यस्तै प्रोसेसिङको लागी कम्पनीले यस स्मार्टफोनलाई क्वालकम स्न्यापड्रयागन ७१० चिपसेटमा लन्च गर्न सक्ने छ ।
प्रकाशित: १५ माघ २०७६, बुधबार