स्मार्टफोनमा पोर्न साइट हेर्नेमा विश्वमै भारतीय सबैभन्दा अगाडि, ७१ प्रतिशत यूजर्स आईओएसबाट

  • Technology Khabar | १८ पुष २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । छिमेकी मुलुक भारतमा स्मार्टफोनमा सबैभन्दा धेरै पोर्न हेर्ने गरिएको तथ्यांक सार्वजनिक भएको छ । भारतमा स्मार्टफोनको पहुँचमा वृद्धि भएसँगै पोर्नको उपभोगमा पनि संसारको सबैभन्दा पहिलो देशको रुपमा देखिएको छ ।

हालै सार्वजनिक भएको एक रिपोर्टअनुसार सन् २०१९मा भारतको जनसंख्यामध्ये ८९ प्रतिशतले मोबाइल डिभाइसमार्फत पोर्न हेर्ने गरेका थिए । यो तथ्यांकअनुसार सन् २०१७ को यसअघिको ८६ प्रतिशतको तुलनामा ३ प्रतिशतले बढि हो ।

एडल्ट इन्टरनेटमेन्ट साइट पोर्नहबको रिपोर्टअनुसार समग्रमा हेर्दा विश्वभर प्रत्येक चारमध्ये ३ जनाले आफ्नो मोबाइल डिभाइसमा पोर्न हेर्ने गरेका छन् । यसको अर्थ पोर्न हेर्नका लागि डेस्कटप वा ल्यापटप दोस्रो प्राथमिकतामा परेको छ ।

साइकाअनुसार सन् २०१९ मा विश्वभरबाट ७७ प्रतिशत मोबाइल ट्राफिक आएको थियो जून अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले अधिक हो ।

अधिक पोर्न हेर्ने मुलुकमा अमेरिका दोस्रो स्थानमा छ । अमेरिकीहरुमध्ये ८१ प्रतिशतले पोर्न हेर्ने गर्दछन भने तेस्रो स्थानमा ब्राजिल परेको छ जहाँका मानिसहरुमध्ये ७९ प्रतिशतले पोर्न हेर्ने गर्दछन् ।

जापानका ७० प्रतिशत मानिसहरुले स्मार्टफोनमार्फत पोर्नहब हेरेका थिए भने बेलायतका ७४ प्रतिशतले मोबाइलमा नै पोर्न हेर्ने गर्दछन् ।
भारतमा स्मार्टफोनमार्फत पोर्नको उपभोग बढ्नुमा सस्तो डाटा प्लान मुख्य कारण रहेको छ भने उच्च तहका स्मार्टफोनहरुको मूल्य घट्नु अर्को कारण रहेको छ । जसले गर्दा ४५ करोड स्मार्टफोन प्रयोगकर्ता रहेको भारतमा इन्टरनेट प्रयोग गर्न सहज भएको छ ।

भारत प्रति स्मार्टफोन विश्वको सबैभन्दा धेरै डाटा प्रयोग गर्ने देशपनि हो जहाँ औसतमा ९.८जीबी प्रति महिना डाटा प्रयोग हुन्छ र यो सन् २०२४ मा १८ जीबी पुग्ने अनुमान गरिएको टेलिकम उपकरण निर्माता कम्पनी एरिक्सनको तथ्यांकमा उल्लेख छ ।

भारतमा सन् २०२१सम्म ८२ करोड ९० लाख मानिसहरु इन्टरनेटको पहुँचमा हुने अनुमान गरिएको छ ।

यसबाहेक सन् २०१९ मा एन्ड्रोयड पाईमा आधारित स्मार्टफोनहरुमार्फत सबैभन्दा धेरै पोर्न साइट हेरिएको थियो र यस्तो ४८ प्रतिशत रहेको छ ।

त्यसैगरि पोर्न साइट हेर्ने भारतीयहरुमध्ये एन्ड्रोयड यूजरको संख्या घटिरहेको छ भने आईओएस प्रयोगकर्ताहरु बढिरहेको छ । आईओएसमा आधारितहरुको ट्राफिक ७१ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित: १८ पुष २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया