
काठमाडौं ।
काठमाडौं । टेक कम्पनी गूगलले राजनीतिक विज्ञापनको मामलामा ट्विटरलाई पछ्याएको छ । गूगलले हालै आफूले सार्वजनिकरुपमा भोटरहरुलाई प्रभावित पार्ने राजनीतिक विज्ञापनहरु रोक्ने भएको छ ।
कम्पनीले हालै ब्लग पोसटमा भोटरको रेकर्ड वा सामान्य राजनीतिक सम्बन्धन भएको डाटासहितको निर्वाचन विज्ञापन रोक्ने बताएको हो ।
यो कद सामाजिक मिडिया प्लेटफर्महरुमा राजनीतिक विज्ञापन रोक्न दबाब निकै रहेको समयमा आएको छ । विशेषगरि २०२० मा आयोजना हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनलाई ध्यानमा राखेर यस्तो कदम चालिएको हो ।
गूगलले चुनावी विज्ञापनहरुका लागि अडियन्स लक्ष्यलाई सिमित गर्ने र त्यसमा उमेर, लिंग, र पोस्टल कोड लेभलमा भएको जनरल लोकेसन रहेका छन् । यसको अर्थ उमेर, लिंग र स्थानको आधारमा लक्षित गरेर भने चुनावी अभियान गर्न सकिनेछ ।
गूगलले यो नयाँ नियम यूट्यूब र गूगल सर्चमा पनि लागू गर्ने भएको छ ।
यो नियम सबैभन्दा पहिले बेलायतमा एकसाता भित्रै लागू हुनेछ भने त्यसपछि बिस्तारै अन्य स्थानहरुमा जानेछ । यो नियम यूरोपेली संघमा यो वर्षको अन्त्यमा र अन्य देशहरुमा जनवरी ६ तारिखदेखि क्रमशः लागू गर्नेछ ।
कम्पनीले भ्रामक तथ्यांक र जानकारी भएका विज्ञापनहरुमाथि एक्सन लिने बताएको छ ।
यसअघि गूगलमा भेरिफाइड राजनीतिक विज्ञापनहरुले यूजरको व्यवहारहरुलगायतका डाटा प्रयोग गर्न पाउने गर्दथे । जसले गर्दा भोटरहरुको राजनीतिक झुकावको बारेमा जानकारी हुन्थ्यो । एजेन्सी
प्रकाशित: ५ मंसिर २०७६, बिहीबार