काठमाडौं ।
काठमाडौं । एशियामा हुने मोबाइल विज्ञापन धोकाधडीमध्ये भारतमा सबैभन्दा धेरै हुने गरेको छ ।
हालै सार्वजनिक एक रिपोर्टअनुसार भारतमा ६२ प्रतिशत विज्ञापनदाताहरुले आफ्नो विज्ञापन बजेटको करिब २० प्रतिशत रकम एड फ्रडमा खर्च गर्ने गरेका छन् ।
१० मध्ये ९ मार्केटरहरुले एड फ्रड रोकथामको तरिकाहरुमा संभावना भएको बताएका छन भने जबकि ९५ प्रतिशतले भने पेनाल्टी तथा पारदर्शितामा कमजोर भेटिएको रिपोर्टमा उल्लेख छ ।
अन्तराष्ट्रिय गैरनाफामूलक संस्था मोबाइल मार्केट एसोसिएसनले सार्वजनिक गरेको एड फ्रड बेच्नमार्क रिपोर्टकाअनुसार प्रमुख किसिमका एड फ्रडहरुमा कुकिज स्टफिंग रहेका छन्, यस्तो ७४ प्रतिशत हुने गरेको छ । त्यसपछि एडवेयर ट्राफिक ६५ प्रतिशत, डाटा फ्रड ६१ प्रतिशत तथा एड इन्जेक्सन ५४ प्रतिशत रहेको छ ।
अनुसन्धान संस्था डिसिजन ल्याबसँगको सहकार्यमा तयार पारिएको रिपोर्टअनुसार केबल ३७ प्रतिशत मानिसहरुलाई मात्र ब्लकचेन र त्यसको फ्रड रोकथामको एप्लिकेसनको बारेमा जानकारी छ । एजेन्सी
प्रकाशित: ५ मंसिर २०७६, बिहीबार