काठमाडौं ।
काठमाडौं । सिम्यानटेक, इसेट र म्याक्याफेका एन्टिभाइरस प्रोग्रामहरु विण्डोजमा आधारित लोकप्रिय एन्टि मालवेयर उत्पादनहरु भएका छन् ।
इन्टरप्राइज सफ्टवेयर भेण्डर ओपस्वाटको डाटाअनुसार यी कम्पनीका एन्टिभाइरस प्रोग्रामहरु सबैभन्दा धेरै प्रयोगमा रहेका छन् । सो कम्पनीले विगत ५ वर्षदेखि विण्डोज एन्टि मालवेयर मार्केटका लागि डाटा संकलन र रिपोर्ट सार्वजनिक गर्दै आएको छ ।
कम्पनीले ३० हजार भन्दा बढि इन्टरप्राइज र होम सिस्टमबाट ग्राहकहरुले इन्स्टल गरेको निशुल्क एप्सहरुमार्फत डाटा संकलन गर्ने गर्दछ ।
हालै अक्टोबरमा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार सिम्यानटेक अहिलेको एन्टि मालवेयर भेण्डरमध्ये सबैभन्दा लोकप्रिय रहेको छ, जसको बजार हिस्सा १३.५६ प्रतिशत रहेको छ । त्यस्तै अर्को एन्टिभाइरस निर्माता कम्पनी इसेटको बजार हिस्सा १२.८४ प्रतिशत र म्याक्याफेको बजार १२.२१ प्रतिशत रहेको छ ।
अन्य भेण्डरहरु प्रमुख १० को सूचीमा पर्न सफल भएकाहरुमा बिटडिफेण्डरको १०.७७ प्रतिशत, कास्परस्कीको ७.६६ प्रतिशत, अभास्टको ६.९८ प्रतिशत, साइलेन्सको ५.९५ प्रतिशत, वीब्रुटको ५.८८ प्रतिशत, मालवेयरबाइट्सको ५.८ प्रतिशत र साफोसको ३.६२ प्रतिशत बजार हिस्सा रहेको छ ।
यो रिपोर्टको रोचक विषय भनेको यसमा विण्डोजको आफ्नै एन्टिभाइरस प्रोग्राम भने प्रमुख कम्पनीमा पर्न सकेको छैन् । जबकि यो विण्डोज सिस्टमको सबैजसो भर्सनमा डिफल्टमा रहेको हुन्छ र इन्स्टल गर्न सकिन्छ । एजेन्सी
प्रकाशित: ५ मंसिर २०७६, बिहीबार