चीनमा १८ वर्षमुनिका अनलाइन गेमरहरुका लागि नयाँ नियम, राती अनलाइन गेम खेल्न प्रतिबन्ध

  • Technology Khabar | २१ कार्तिक २०७६, बिहीबार

काठमाडौं ।

काठमाडौं । चीनले बालबालिका तथा युवायुवतीहरुलाई अनलाइन गेमको लतबाट बचाउन राती अनलाइन गेम खेल्न प्रतिबन्ध गर्ने भएको छ ।

चीनले हालै अनलाइन गेमिंग प्लेटफर्महरुका लागि देशभित्र नयाँ निर्देशिका जारी गर्दै सम्पूर्ण अनलाइन गेमहरुमा रातीको समयमा गेम खेल्न प्रतिबन्ध लगाएको हो ।

चीनको नयाँ नियमअन्तरगत १८ वर्ष मुनीका गेमरहरुले राती १० बजेदेखि विहान ८ बजेसम्म अनलाइन गेम खेल्न पाईने छैन् । त्यसैगरि तोििकएको उमेरभन्दा कम उमेरका खेलाडीहरुले दैनिकरुपमा केबल ९० मिनेट मात्र खेल्न पाउने छन् ।

तर उनीहरुले सार्वजनिक बिदा र साताको अन्त्यमा भने दैनिकरुपमा ३ घण्टासम्म खेल्न सक्ने छन् ।

जनरल एडमिनिस्ट्रेसन अफ प्रेस एण्ड पब्लिकेसनले जारी गरेको नयाँ निर्देशिकाले कम उमेरका गेमरहरुले अनलाइन गेमिंग एकाउन्ट ट्रान्सफर गर्ने रकममा पनि हदबन्दी तोकिएको छ । ८ वर्षदेखि १६ वर्ष उमेरका गेमरहरुले केबल २०० यूआन प्रति महिना मात्र टपअप गर्न पाउने छन भने १६ देखि १८ वर्ष उमेरका गेमरहरुले भने त्यस्तो रकम ४०० यूआन प्रति महिनासम्म ट्रान्सफर गर्न सक्नेछन् ।

विश्वको सबैभन्दा ठूलो अनलाइन गेमिंग मार्केट चीन हो, जहाँ सन् २०१८ मा ३८ बिलियन डलर गेमिंंगबाट आम्दानी भएको थियो ।

सिन्ह्वाकाअनुसार इन्टरनेट स्पेस खाली गर्न सहयोग हुने र बालबालिका तथा युवाहरुको मानसिक तथा शारिरिक स्वास्थ्यको रक्षा गर्ने उद्धेश्यसहित नयाँ नियम ल्याईएको सो कार्यालयका प्रवक्ताले जानकारी दिए।

यसका साथै प्रशारनले प्रहरीको सहयोगमा रियल नेम रजिस्ट्रेसन सिस्टम सेट गर्ने काम गरिरहेको र राष्ट्रिय तथ्यांकको आधारमा यूजर्सको पहिचान गर्न गेमिंग कम्पनीहरुलाई सहयोग गर्नेछ ।

गेमिंगमा हुने एडिक्सनका कारण इन्टरनेट गेमिंग डिसअर्डर हुने गरेको छ जसलाई विश्व स्वास्थ्य संगठनले समेत सन् २०१८ जुनमा पहिलो पटक अन्तराष्ट्रिय स्तरमा रोगको रुपमा व्याख्या गरेको थियो । एजेन्सी

प्रकाशित: २१ कार्तिक २०७६, बिहीबार

तपाइको प्रतिक्रिया