काठमाडौं ।
काठमाडौं । टिकटकको मुख्य कम्पनी बाइटडान्सले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले स्मार्टिसन जियांगुओ प्रो ३ नामक स्मार्टफोन लन्च गरेको हो।
बाइटडान्सको यो फ्ल्यागशिप डिभाइसमा स्न्यापड्रागन ८५५ प्रोसेसर तथा क्वाड क्यामरा सेटअप रहेको छ ।
कम्पनीले यसमा सफ्टवेयरतर्फ विभिन्न किसिमका नयाँ फीचरहरु उपलब्ध गराएको छ । यो स्मार्टफोनको मुख्य आकर्षण भनेको टिकटक प्रयोगकर्ताहरुले लक स्क्रीनमा सिंगल स्वाइप गरेर सिधै टिकटक एपमा पहुँच प्राप्त गर्नेछन् ।
बाइटडान्सको स्मार्टिसन जियांगुओ प्रो ३ मा ६.३३ इन्चको फूलएचडी प्लस एमोलेड डिस्प्ले राखिएको छ, जसमा स्न्यापड्रागन ८५५ प्रोसेसर रहेको छ । फोनमा ८ जीबी र १२ जीबी र्याम अप्सन राखिएको छ भने यसमा १२८ जीबी र २५६ जीबी भेरिएन्टको स्टोरेज अप्सन रहेको छ ।
स्मार्टिसन जियांगुओ प्रो ३ स्मार्टफोनमा चारवटा रियर क्यामरा सेटअप रहेको छ ।
जसमध्ये ४८ मेगापिक्सेल प्लस १३ मेगापिक्सेल प्लस ८ मेगापिक्सेल र ५ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप छ । त्यसैगरि सेल्फीका लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
फोनमा कनेक्टिभिटीका लागि फोरजी एलटीई, ब्लूटूथ ५.०, वाईफाई, जीपीएस, ग्लोनासलगायतका फीचर छन् ।
पावरका लागि यसमा ४,००० एमएएचको ब्याट्री प्याक रहेको छ भने यसमा फास्ट चार्ज टेक्नोलोजी रहेको छ ।
हाल चीनमा मात्र उपलब्ध हुने यो स्मार्टफोनको शुरुवाती मूल्य २,८९९ यूआन तोकिएको छ ।
प्रकाशित: १७ कार्तिक २०७६, आईतवार