काठमाडौं ।
काठमाडौं । हिमालयन बैंकले पहिलो सहायक कम्पनीको रुपमा हिमालयन क्यापिटल लिमिटेड स्थापना गरेको छ । कम्पनीको औपचारिक शुरुवात शुक्रबार एक कार्यक्रमका बिच गरियो ।
बैंकले मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ सेवा दिने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ। हिमालयन क्यापिटलले शेयर रजिष्टार, धितोपत्र निश्काशन, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन तथा संस्थागत परामर्शलगायतका कार्यहरु गर्ने कम्पनीले जानकारी दिएको छ।
हिमालयन क्यापिटलको चुक्ता पूँजी २० करोड रुपैयाँ छ । कम्पनीको प्रधान कार्यालय ठमेलस्थित कर्मचारी संचय कोषको भवनमा रहेको छ।
प्रकाशित: १७ कार्तिक २०७६, आईतवार