यामाहाले ७ मार्चमा ‘स्कुटर डे’ मनाउँदै

Technology Khabar २२ फाल्गुन २०७४, मंगलवार

काठमाडौं ।

काठमाडौं, २२ फागुन । यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’ (स्कुटर दिवस) का रुपमा मनाउने भएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगदानको कदर गर्दै यामाहाले ‘स्कुटर डे’ मनाउन लागेको कम्पनीले जानकारी दिएको छ ।

‘स्कुटरले हामीलाई आरामदायी यात्रा मात्र होइन आत्मविश्वास पनि दिलाउँछ, त्यसैले सबैलाई मनपर्ने साधन स्कुटरको समपर्णमा हामीले स्कुटर डे मनाउने निर्णय गरेका हौं,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले भने ।

‘स्कुटर डे’ यामाहाले गत साता सुरु गरेको ‘एसस्कुटर’ अभियानकै एउटा हिस्सा भएको कम्पनीले जानकारी दिएको छ।

स्कुटर डेका अवसरमा देशभरी विभिन्न कार्यक्रमको आयोजना हुनेछ, जसमध्ये निःशुल्क स्कुटर वास एउटा हो । स्कुटर डेमा राइडरहरुले यामाहाको कुनै पनि सर्भिस सेन्टरबाट जुनसुकै ब्रान्डको स्कुटर निशुल्क वास गर्न सक्ने कम्पनीको भनाइ छ ।

‘हामीलाई आशा छ, राइडरहरुले अभुतपूर्व अनुभव गर्नुहुनेछ, यामाहाको सर्भिस सेन्टरमा सबै ब्रान्डको स्कुटरको वास, त्यो पनि निशुल्क हुनेछ,’ यामाहाका सर्भिस हेड शरद मिश्रले भने ।

उनले सबै स्कुटर राइडरहरुलाई स्कुटरको हेरचाह, मर्मत, सर्भिसिङ गरेर र स्कुटरसँगको ‘बेस्ट मोमेन्ट’ सेयर गरेर ‘स्कुटर डे’ मनाउन अपिल समेत गरेको छ ।

‘स्कुटर डे’कै दिन आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लुले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा यामाहा स्कुटर हस्तान्तरण गर्नेछ ।त्यसैगरी, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यामाहाले नेपालकै अग्रणी सम्भवतः नेपालकै पहिलो स्कुटरचालक कमला श्रेष्ठलाई सम्मान गरेर स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत राखेको छ ।

‘स्कुटर डे’मा यामाहाले काठमाडौंका पाँच स्थान (बानेश्वर, त्रिपुरेश्वर, चाबहिल, कुमारीपाटी र जडिबुटी) र यामाहा नेपाल तथा एसस्कुटर अभियानको फेसबुक पेजबाट पनि सडक सुरक्षासम्बन्धी सचेतना फैलाउने कार्यक्रमको आयोजना कम्पनीले जानकारी दिएको छ ।

 

प्रकाशित: २२ फाल्गुन २०७४, मंगलवार

तपाइको प्रतिक्रिया