
काठमाडौं ।
चीनको लोकप्रिय मेसेजिङ एप विच्याटले एनएफटीसँग सम्बद्ध केही एकाउन्टहरु रद्द गरेको छ।
डिजिटल सम्पत्ति तोडमोड हुन सक्ने आशंकामा ती एकाउन्ट रद्द गरिदिएको बुझिएको छ।
उक्त प्लेटफर्मले केही एकाउन्टले एनएफटी बजार हेराफेरीको बजारीकरण गरिरहेको र त्यसले मूल्य तलमाथि गराउन सक्ने भएकाले त्यस्ता एकाउन्ट ‘सच्याएको’ बताएको छ।
चीनमा एनएफटीसम्बन्धी कुनै नियम छैन तर क्रिप्टोकरेन्सीमाथि भने गत वर्ष नै प्रतिबन्ध लगाइएको थियो।
चीनमा एनएफटी भने अन्य सम्पत्तिजस्तै किनबेच गर्न सकिन्छ।
बिहिबार विच्याटले स्थानीय सञ्चारमाध्यमको रिपोर्टहरुलाई जवाफ दिँदै त्यस्ता एकाउन्टहरु रद्द गरिएको बताएको हो।
प्रकाशित: १९ चैत्र २०७८, शनिबार